सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्राप्ती र अश्विनलाई संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड

काठमाडौं । संसार क्रियशन आयोजना र संसार अनलाइन टिभीको प्रस्तुतीमा सञ्चालन गरिएको संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड २०२०÷२१ प्राप्ती तामाङ र अश्विन प्रधानले पाएका छन् ।

 शनिबार काठमाडौंमा आयोजना गरिएको प्रतिष्पर्धामा १६ वर्षमुनिको तर्फबाट गायनमा काभ्रेकी प्राप्ती तामाङ प्रथम भएकी छिन् । त्यस्तै काठमाडौंमा रितु श्रेष्ठ द्धितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् ।

प्रथम, द्धितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपिँयासहित ट्रफी पुरस्कार पाएका छन् । उनीहरुले शनिबार आफ्नो गायकी प्रस्तुत गरेका थिए । त्यस्तै खुल्लातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर अमोघा बीर वज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो भएका थिए ।

 खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार , १५ हजार रुपिँया र १० हजार रुपिँयासहित ट्रफी पाएका छन् । निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिहरुले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

 गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतीको लागि ट्रफी प्रदान गरिएको थियो । बाहिरी देशमा बस्ने १९ देशका नेपालीले पनि प्रतिष्पर्धामा भाग लिएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बालबालिकाको क्षमता विस्तार गर्ने यस प्रकारका कार्यक्रमले प्रतियोगीमा उत्साह प्रदान गर्ने बताइन् । गत वर्षबाट सुरु भएको कोरोनाका कारण मानिसको जनजीवन अस्तव्यस्त भएको बेला भएको यस किसिमको प्रतिष्पर्धाले मानिसमा निराशा कम गर्ने पनि जनाइन् ।

 उनले गीत, संगीत र कलाको आफू पारखी भए पनि यसबारे आफू पोख्त नभएको स्पष्ट पारिन् । संसार अनलाइन टिभीका अध्यक्ष स्वतन्त्र महर्जनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने बताए ।

उनले कोरोना संक्रमणकालमा मानिसमा छाएको अन्यौलता र दिक्दारीलाई थोरै भए पनि कम गर्न पनि कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »