सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रायोजकका कारण मुन्द्रेको कमेडी क्लबबाट दिपाश्रीलाई हटाएर करिश्मालाई स्वागत


काठमाडौं।
चर्चित टेलिभिजन कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाइएको छ ।

उनको स्थानमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याइएको। अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् ।

केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक बारे दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् ।

उक्त प्रकरणमा उनको चर्को आलोचना भएपछि उनले माफी मागेकी थिइन् ।

मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ ।

दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा करिश्मालाई देख्न पाईने भएको छ । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । कोरोना कहरका कारण उक्त सो लामो समय स्थगित् गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »