सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“प्रिय ‘आनन्द’ तिम्रो बलिदान न मुर्दाको कथा बन्यो न चिहानघारीको पर्यटन नै ।”

जानुका धमला(क. सन्ध्या )/ तिम्रो सहादतको सम्मान कसले गर्ने, कसको नैतिक पुजी र अधिकार होला ,तिम्रो बलिदान के को निम्ति थियो ? तिमी केका विरुद्ध लडयौ र के प्राप्त भयो ? कसको लागि मात्रै प्राप्त भयो त्यो बिलासिकता | तिम्रो विरताको इतिहासलाई न मैले एउटामुर्दाको कथाको रुपमा परिभाषित गर्ने सके न चिहानघारीमा आउने पर्यटकलाई तिम्रो वास्तबिक चिहानको सुन्दरताको वर्णन गर्न सके । प्रिय आनन्द सत्र वर्ष पुरा भएछ तिमी सँग भौतिक रुपमा विछोडिएको । सत्र वर्षमा मेरो जीबनले भोगेको हन्डर हैरानीमा हिसाब गरेर साध्यनै छैन । कहाँबाट मात्रै सुरु गरु र ती दुखका यादहरु । बस यो बसाईमा मेरो जीबनले भोगेको तिरस्कार दुख कष्ट भन्दा पनि मैले तिम्रो मनको सुन्दर कुनाबाट जितेको संसार लेख्दै छु । अबोध तिम्रो मनको सुन्दर पोखरीमा अधेरी रातको जुन जस्तो देखिने तिम्रो मनको प्रतिबिम्ब, तिम्रै मनको निश्चल पोखरीबाट देखिने मनको सुन्दर जुनलाई तिम्रै मनको किनारबाट संगै बसेर हेर्ने सपना त पुरा भएन तर पनि हारीन जीबनसँग र त तिमी संगै हुँदा देखेका सपनाहरुका धुमिल धर्सा अझै जीबित छन । तेही सपनाहरु छन र त म जिबित छु र बाँचेकोअनुभुति गर्छु ।


दोरम्बाको घटना पछि पुर्वी कमाण्डको बैठक बसेर फौजीयोजना तयभयो त्यो घटनाको प्रतिरोध गर्न बेथान स्मृति व्रिगेडको १४औं बटालियनको स्पेशल फोर्स द्धारा सर्लाही जिल्लाको बयलवास र १५औं बटालियनको स्पेसल फोर्सले लालबन्दीको प्रहरी चौकी कब्जा गर्ने योजना तय भयो तेही योजना सफल बनाउने क्रममा तिमी पहिलो पल्ट एसल्ट ग्रुपको कमाण्ड गरेरजाँदै थियौ । हामी फरक फरक एसल्ट ग्रुपमा , जाने स्थान पनि फरक थियो । तिमी तिम्रो एसल्ट लिएर कार्तिके देराउराली बाट मरीन खोला तरेर मोथे तोरीबारी तर्फ लाग्यौ म तेही बाट पाँचपाण्डप कौवाडाडा हुदै सर्लाही जिल्लाको डाप डाडा अन्तिम सेल्टरमा पुगे । अन्तिम सेल्टरमा पुग्दा ग्यास सिलिण्डर बम बोकेर खुलिएको ढाडको छालामा बनेको कालो दाग अफै पनि जीबित छ म सँग । मलाई खुब रहर थियो त्यो सिलिन्डले बनाएको घाउको दाग तिमीलाई देखाउन । एम्बुसको अनुभव भए मेरो पनि मोर्चाबन्द्धी लडाईको पहिलो अनुभव थियो । तिमीलाई मेरो सुनाउने कुराहरु सुनाउनै नपाई अबसोच तिमी मैले भोग्ने भौतिक,मानसिक पिडालाई कहिल्यै नसुन्ने नदेख्ने गरी अस्ताईसकेछौ तेही

रात अर्थात २०६० भाद्र १८ गते ।


तिमी भएको आर्कतिर ठुलो आवाज आयो बम पडकीएको । आफनो जिम्मेवारी त छदै थियो । त्यो आवाज सँगै तिमीले पनि दुश्मनको बंकर ध्वस्त पारेर हतियार खोस्यौ होला भन्ने उत्सुकता मनमा लाग्यो मनमनै खुशी भए । कहिले कमाण्डरको कासन आउला रिटिटको भनेर । रिटिट हुने कासन आयो बाटोमा पट्रोलिङ्घमा गएको शाही सेनासँग जम्काभेट भयो हाम्रो टोलिसँग दोहोरो फायरिङ्घ चल्यो हामीले केही थान इन्सासको म्यागजीन र गोलीहरु खोस्यौ उनीहरु सँग हाम्रो तर्फका एक जना स्थानिय कमरेड मनिश घाईते हुनु भएको रहेछ । उहाँलाई भोलिपल्ट बेलुका मात्रै हामीले डाप डाँडाँमा भेट्यौं । उहाँको हातको पातामा २ वटा इन्सासको गोली लागेका थियो गोली पास भएको थिएन रगत बगेर अन्तिम अवस्थामा छटपटाई रहेका थिए हाम्रो सँम्पर्कमा आउदाँ । मैले गोली निकालेर सिलाएको त्यो घाँउ कस्तो भयो होला ? यो सस्मरर्ण लेख्दै गर्दा क.मनिश प्रति उच्च सम्मान छ । मेरो सिलिण्डरको चिनो जस्तै उनको पनि जनयुद्धको घाईतेको चिनो होला शरिरमा अहिलेसम्म पनि । गणतन्त्र आए पछि फापेको भनेको चाकडीबाजहरुलाई मात्रै हो । जसले नेताको तलुवा चाटछ उही तिनीहरुको असल कारिन्दा बने । हिजो जनयुद्धको बेलामा प्राणको बाजी लगाएर लड्नेहरु पाखा लगाईए यसको पनि इतिहासले हिसाब त पक्कैगर्ला । संकुचित र कुण्ठित केही मान्छे जातिय नेताबने, धार्मीक नेता बने, बर्ण र समुदायको नेता बने तर भुइमान्छेको नेता कोही बनेनन यो तन्त्रमा पनि ।बगिर्य मुक्ति बिना सबैकुराअधुरो हुन्छ भनेर कुनैनेताहरुले पनि भनेको सुनिएन ।


निरन्तर एक हप्ता मोर्चाकोयोजना कार्यन्यनमा नै वित्यो थकाई निकै थियोहाम्रो टोली सकुशल रिटिट भयो र निश्चित गन्तब्यमाआईपुग्यौ तेही कौवाडाँडाँमा । ३ महिना अगाडी दमारको स्याउ बाजेको घरबाट छुटिएको हामी गोधुलीसन्ध्यासम्म पनि तिमी आएनौ मन बेचैन भयो तिम्रोग्रुपको लागी खाना पकाउने जिम्मा पनि मेरो टिमको परेको थियो । खाना तयारी गरेर खाद्यन्न स्टोर तर्फगए कही तिमीलाई देख्छु की भनेर , तिमीलाई त्यहाँ पनि देखिन स्टोर काम सकेर तिमीले नै एसल्ट गरेर लिएर गएको साथी बिजयको नजिक गएर सोधे तपाईहरु गएको मोर्चाको बारेमा के भयो कमरेड ? मेरो प्रश्न सकिने वितिकै सायद उहाँलाई हाम्रो सम्बन्धको बारेमा थाहा थिएन भने“नुवाकोट घर भएको हाम्र्रो एसल्ट कमाण्डर क.सचिन शहिद हुनुभयो” । मैले निकै कोषिस गरेर आफुलाई समाले । बोल्न रुन चिच्याउन केही गर्न अनुमति थिएन मलाई । सरासर म बसेको घरमा पुगे त्यहाँ पनि रुने बातावरण थिएन । बेलुकाको खाना खाने समय थियो सबै साथीहरु खानाको तयारीमा थिए । कस्तो बिडम्बना जो जीबनको सबै भन्दा प्रिय मान्छे छ उ संग भौतिक रुपमा गुमाउदा समेत मनफुकाएर रुन नपाउने उसको यादमा चिच्याउन सकिन । मन नभएर नचिच्याएको त कहाँ हो र , युद्धमा समाहित सिपाहीको पनि मन त कहाँ पथरले बनेको हुन्थ्यो र ? भोलिको रोलकलमा कमाण्डर र सहयात्रीहरुले कस्तो कायर र काथर मुटु भएको रहेछे भन्छन भन्ने डर लागेर पो धितमरुन्जेल सम्म पनि रुन नपाई ल्याएको हो त !


यो गणतन्त्र हामीले अर्थात म जस्तै विधुवा चेलीहरुको पुछिएको सिउँदोले १७ हजार विर योद्धाहरुको बलिदानले । निलो आकाशमा कालो बादल मडारियो सुन्दर सपना खोसियो धर्तीमा अबिष्ट हुँनै लागेको जस्तो त्यो समय मेरो लागी टेकेको जमिन भासिदै थियो । सेल्टर लिएको घरको एक कुनामा बसेर सम्झीरहे ८ महिना अगाडी बैनी उषा थापाको शहादत भएको ८ महिना पछि प्रिय जीबनसाथी आनन्द कुमार थापाको कुन अनुहार लिएर आमालाई फेरी तपाईको छोरा सर्वहारावर्गको लागि शहीद भयो भनौ भनेर ? यो मेरो जीबनको बास्तविक यर्थाथ थियो मैले सबै पिडा सहनु नै थियो । सहे चुपचाप सहे कहिले आँशुले परेली भिजाएर सहे कहिले आधा रातामा परेका सपनाका एैठनहरुमा सहे जे जती सहे चुपचाप रहे मन मनै सहे । म हेडक्वाटरमा उपस्थित भए । तेतीखेरका व्रिगेड कमाण्डर हरिबहादुर श्रेष्ठ कमिसार सन्तु दराई र कमाण्ड इन्चार्ज हालका बहालवाला शभामुख अग्नी प्रसाद सापकोट थिए । अहिले सम्झदा लाग्छ बडो अचम्मले सम्झाई बुझाई भयो मलाई शहीदको रगत खेर जान दिने छैनौ । भोलि पल्ट रोलकलमा शोकसभा गरियो आनन्दको नाममा रोलकलमा भनियो आँट चाहिन्छ त क.सन्ध्याको जस्तो त्यो बेला मलाई बहादुर देख्ने मेरा कमाण्डर कमिसारहरु नेताहरु अहिले मलाई चिन्दैनन । किन की म मेरो परिश्रममा रमाउछु चाकडी गर्न जान्दिन । तेही रोलकलमा आनन्द कुमार थापा लगाएतको कमरेडहरुको सपना पुरा गर्नको लागि कुनै पनि कसुर बाँकी राख्ने छैनौ भन्नेहरु बाट नै युद्ध र बलिदानी को घात भएको छ ।


१७ बर्षमा यो कुरा पनि प्रमाणित भयो की यो सब भन्ने कुरा मात्रै रहेछ संसदभबन भित्र छिरे पछि त्यो हलको मर्यादाले हिजोको बलिदानलाई नजर अन्दाज गदोरहेछ । मलाई तिम्रो बलिदान सँग गुनासो छैन,गुनासो छ त हिजोका असल्ल सपनाहरुलाई कुल्चनेहरु सँग बगिर्य सपनामा कुठारा घातगर्नेहरु सँग । एउटा सम्झनामा बितेको पल मन दुखाईको प्रवाह थिएन त्यो बेला मात्र प्रवाह थियो त वर्गदुश्मनको किल्ला भत्काएर सुनौलो सपना जनताको घर आँगनमा ल्याउने । हिेजोका नायकहरु खलनाएकामा फेरिएलान र म तिनीहरुको विरुद्धमा खवरदारी केही लेखौला भनेर सोचेको पटक्कै थिइन । मलाई बाँचुन्जेल कसैको गुलामी र उसको असल कारिन्दा बन्नु छैन । सत्य र न्यायको पक्षमा सकेको चिच्याउन सकु । ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर थोरै भए पनि सामुहिका स्वार्थमा रमाउन सकु । तेही आर्शिबाट र सार्थकता मिलिरहोस तिम्रो आत्माबाट । सजीब प्राणी तेसमा पनि मान्छे भएर जन्मीए पछि तिरस्कृत होइन पुरस्कृत भएर बाच्नु पर्छ तिमीले भनेका कुराहरु आज पनि उतिकै प्यारो लाग्छ मलाई । तिमी जनमुक्ति सेनाको सदस्य मात्र थिएनौ प्रतिरोधको सकृयाता पनि थियो । साचै तिमीले भनेको जस्तो लेख्नुको अर्थ भौतिक विलासिता नभएर उच्च मानबताको अभ्यासकर्ता कम्युनिष्ट थियौ । लेख्नको लागी लड र लडनको लागि लेख भन्ने मान्यतालाई आत्मसाथ गरेर नै बन्दुकको गोली जस्तै कलम पनि तिखो थियो तिम्रो । क्यामेराले खिचिएका तिम्रो तस्विरहरु कलरबिहिन भए तर तिम्रो यादहरु झन उज्जेलित रंगिनकलरमा सजिरहे । तेही यादरुहले सच्चा जीबनलाई बाँच्न सिकायो र सच्चाईको जीबन बाँचीरहेको छु । म जन्मे हुर्केको समाजले अझ पनि मलाई निर्धक्क बाँच्न र मेरो पौरखमा रमाउन दिदैन मैले रोजेको आत्मनिर्भरता तिनीहरुलाई पटक्कै मन पर्दैन । सधै दोस्रो दर्जाको नगारिक सोच्नेहरुले म मेरो परिश्रममा खुलेर हासेको पनि मन पराउदैन तेतीखेर असाध्यै प्यारो लाग्छ तिम्रो भौतिक उपस्थिति फेरी याद गर्छु कुनै रात तिमीले भनेका थियौ “यदी मुक्तिको यात्रामा हामी दुइै मध्ये म समरको यात्रामा पहिला बिलाए भने पनि बाँकी जीबनलाई भौतिक,शारिरक र मानसिक अवस्थामा आउने हजारौ चुनौतिहरुलाई समान गरेर अगाडी बढनु यही काफी छ जीबनमा मार्ग निर्देशनको लागि बाँकी दुनियाँसँग त म एक्लै लडे र लडछु नै” ।


आन्दोलनको नेतृत्व गरेको नेताहरु अहिले सहिद र वेपत्ता योद्धालाई अंशवन्डा लगाउँदैछन् । सहयोद्धाहरु रुपमा त छन्, आत्मा र चिन्तन सहित छन् कि छैनन् ? खोज्नै पर्ने हुन्छ । तिमी जिबित भएको भए कसलाई राजनीतिक नाइके वा नेता मान्थेउ होलान् ?आजको प्रश्न छ ? तिम्रो बलिदानमा तिनले चिच्याउने कर्कश आवाज भित्र जालझेलको मार्ग चित्र प्रष्ट देखिन्छ । कम्युनिष्ट शाषकहरुमा हुनुपर्ने चलित्रबारे दार्शनिक प्लेटो ले भनेका थिए । उनीहरु ब्यक्तिगत सम्पती बिहिन हुनुपर्छ । शिक्षित दार्शनिक हुँनुपर्छ । ब्यक्तिगत र पारिबारीक जीबन भन्दा माथि उठेको हुनुपर्छ । आम मानिसको भन्दा चिन्तन, चेतना र बिवेकको आधारमा उच्चकोटिको एवंम लोभ मुक्त हुनुपर्छ । तेसो भयो भने मात्रै एउटा सुन्दर राज्यको सम्भाबना हुन्छ । के यो सम्भब छ नेपालका कम्युनिष्ट पाटीका नेताहरुमा ? सोचनिय प्रश्न छ । जब एउटा क्रान्तिकारी सर्वहारावर्गको बर्ग फेर्ने सपना देख्छ र अजमरी सपनालाई सम्झन्छ बर्तमानलाई नियाल्छ भविश्यको बारेमा गम्छ तब हृदयका भावनाहरु कुलेर आक्रोशको शब्दहरु बन्छन तब मान्छे सेन्टीमेन्टल भइदिदो रहेछ । प्रतिकृयाहरु अनेक तरिकाले ब्यक्त हुन्छन । शक्तिहरु आदेशमा हाकिन उर्दी गर्छन तर विद्रोहीहरु संसारमा कहाँ पो उर्दिमा हाकिए र ? उर्दिमा नहाँकिएका ज्वारभाटा विरुद्ध शक्तिसामु नैतिकता धितो नराखेका महान शदिह आनन्द कुमार थापा र क राजेश प्रति लाखौ श्रद्धासुमन अजर अमंर सम्झना प्रिय आनन्द तेही घटनामा घाईते भएर अहिलेसम्म उपचार नपाउनु भएको घाइते कमरेड राम पाण्डे क.उदिप दोलखा दिनेश लामा नुवाकोटका कमरेडहरु प्रति उच्च सम्मान छ।

जनयुद्ध का सहिद
आनन्द कुमार थापा

अन्तिम सेल्टरमा पुग्दा ग्यास सिलिण्डर बम बोकेर खुलिएको ढाडको छालामा बनेको कालो दाग अफै पनि जीबित छ म सँग । मलाई खुब रहर थियो त्यो सिलिन्डरले बनाएको घाउको दाग तिमीलाई देखाउन

जानुका धमला(क. सन्ध्या )

भर्खरै

सम्बन्धित खबर

Language »