सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रेमिकालाई प्रभावित पार्न ८ मोटरसाइकल चोरी: पागल प्रेमी पुगे खोरमा

आठ वटा मोटरसाइकल चोरेर प्रेमिकालाई प्रभावित गर्न खोज्ने नयाँ दिल्लीका एक पागल प्रेमी अर्को साथी सहित पक्राउ परेका छन् ।

अडिटी सेन्ट्रलका जानकारी अनुसार ललित नामका ति व्यक्तिले प्रेमिकालाई प्रभावित पार्न नयाँ दिल्लीमा विभिन्न पार्टीको आयोजना गरिरहन्थे । गत महिना भ्यालेन्टाइन डेमा एउटा मोटरसाइकल पनि नभएको भनेपछि ति युवकको मन महंगा मोटरसाइकल तर्फ गएको थियो । तत्काल उनले साथीसँग मिलेर मोटरसाइकल चोर्ने निर्णय गरे र धमाधम मोटरसाइकल चोर्न थाले ।

ललित र उनका साथी साहिदले लाईसेन्स प्लेट नभएको महंगो बाइकमा सवार गरिरहेका बेला मार्च ६ मा समातिएको हो । उक्त बाइक फ्रेबुअरी २१ तारिखबाट दिल्लीको बिन्दापुरबाट हराइरहेको थियो । समातिए पछि यि दुईले आफ्नो अपराध स्विकार गर्दै ८ वटा बाइक चोरेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »