सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

काठमाडाैँ। केहि अनलाइन र च्यानलहरूका गतिविधि सम्बन्धी प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएकाे छ। काउन्सिलले विज्ञप्ति निकालेर यस कार्यकाे भत्सर्ना पनि गरेकाे छ।

जस्ताकाे तस्तै साभार

कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील छौं ! सङ्गसङ्गै केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा नपु¥याइनहुने अवस्थामा सरोकारवाला सबै निकायहरूसँग छलफलमा छौंं । पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए सच्याउने विधि र प्रक्रिया छन् । आफै नियम कानूनको परिधिभित्र नरही गैह्रपेशागत र गैह्रकानूनी हर्कत गर्दाको हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयंले लिनुपर्ने ब्यहोरा दुःखका साथ अवगत गराउन बाध्य छौं । सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रूपमा नबुझिदिनसमेत बिनम्र आग्रह गर्दछौं ।

यसबीच कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर र वैयक्तिक विवरण राखी सामाजिक सञ्जालमा पोष्ट भएका, अनलाइन सञ्चामाध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति पनि काउन्सिलको ध्यानाकर्षण भएको छ । यसरी सम्प्रेषण गर्दा वैयक्तिक गोपनियताको प्रतिकूल हुनुका साथै मानवीय समवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने हुँदा आमपत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई थप सावधानी अपनाउनतर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।

भर्खरै

सम्बन्धित खबर

Language »