सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्लानको सहयोगमा युनेस्कोद्धारा सञ्चालित कोभिड १९ कार्यक्रमको समिक्षा गरियो


नेपालगन्ज, कोबिड–१९ को रोकथामका लागि प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा बाँकेमा सञ्चालित कार्यक्रमको समिक्षा गरिएको छ ।


जिल्ला विपद व्यवस्थापन समिति मार्फत क्लबले बाँकेमा कोभिड १९ को रोकथामका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा सम्पन्न सो समिक्षा कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र नरैनापुर गाउपालिकाका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाह, प्लान ईन्टरनेशनल नेपालका एरिया म्यानेजर मिना पराजुली, बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो ।


कोबिड–१९ को महामारीबाट जोगिनको लागि प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव मार्फत नरैनापुर, नेपालगञ्जको क्वारेन्टाईन व्यवस्थापनको लागि स्वास्थ्य सामाग्री सहित विभिन्न सामाग्री उपलब्ध गराउनुको साथै सीमा क्षेत्रको जमुनाहमा स्थापना गरिएको होल्डिङ्ग सेन्टरमा तयारी खाना, पानी, स्वास्थ्य सामाग्री, दिनुको साथै मनोसामाजिक विमर्श दिदै आएको छ ।
भारतबाट लकडाउनको कारण नेपाल फर्कनेलाई लक्षित गरी गत जेठ २२ गते (४ जुन) देखि सुरु गरिएको सो होल्डिङ्ग सेन्टरमा २ हजार २२ महिला, ६ तेस्रोलिङ्गी र १० हजार २० पुरुष, ३ सय ९४ बालक, ३ सय २३ बालिका र १ हजार २ सय ३ गाडि स्टाफ गरी १३ हजार ९ सय ५८ ले सेवा लिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले जानकारी दिनुभयो ।


भारतबाट फर्किनेहरुलाई साथी संस्थाले मनोसामाजिक विमर्श दिएको थियो ।यसैगरी कोहलपुरमा समेत स्थापना गरिएको होल्डिङ्ग सेन्टरमा विभिन्न सामाग्रीहरु उपलब्ध गराईएको प्लान इन्टरनेशनल नेपाल नेपालगञ्ज एरिया म्यानेजर मिना पराजुलीले जानकारी दिनुभयो ।
कोबिड–१९ रोकथामको लागि प्लानको सहयोगमा क्लबले बाँकेमा १ करोड ६५ लाख ३३ हजार ५ सय २३ रुपैया बराबरको स्वास्थ्य सामाग्री, तयारी खाना, तथा क्वारेन्टाईन व्यवस्थापनको लागि आवश्यक सामाग्री वितरण गराईएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।


समिक्षा कार्यक्रममा युनिसेफको सहयोगमा नेपाल रेडक्रश मार्फत १ बोतल पानी र बेखर्ची भएका यात्रुलाई घर पुग्नको लागि भाडाको जोहो गरि पठाउने गरेको बाँके रेडक्रशका कार्यक्रम संयोजक निरञ्जना मल्लले जानकारी दिनुभयो ।


प्लान ईन्टनेशनल नेपाल, बाँके युनेस्को क्लव, साथी संस्था, युनिसेफ तथा बाँके रेडक्रशलाई नेपालगञ्ज उपमहानगरका प्रमुख डा. राणा, कोहलपुर नगरपालिकाका प्रमुख रावत र नरैनापुरका अध्यक्ष शाहले विपत्तिमा सहयोग पुराएकोमा धन्यवाद दिनु भएको थियो ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले कोबिड–१९ संगै मनसुन पनि सुरु भएको कारणले अवका दिनहरु चुनौतीपूर्ण रहेकोले कोबिड–१९ र बाढी प्रकोप बिरुद्ध एक जुट भएर लाग्न आवश्यक रहेको भन्दै बाढी प्रकोपको क्षेत्रमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा प्लान नेपालका केशव सुवेदी, बाँके युनेस्को क्लवका साजिद सिद्दिकीले भएका गतिबिधिका बारेमा प्रकाश पार्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »