सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्लान ईन्टरनेशनल नेपालद्वारा बाँके युनेस्को मार्फत कोहलपुर होल्डिङ्ग सेन्टरलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण


नेपालगञ्ज, कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोपगन आव्हान गरीएको लकडाउनको बेलामा तेस्रो मुलुकबाट आउनेलाई लक्षित गरी कोहलपुर चौराहमा स्थापना गरिएको होल्डिङ्ग सेन्टरलाई विभिन्न स्वास्थ्य उपकरण हस्तान्त्रण गरिएको छ ।


प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा सो होल्डिङ्ग सेन्टर सञ्चालनको लागि आवश्यक पर्ने विभिन्न सामाग्री सहित स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो ।


प्लान ईन्टरनेशनल नेपालका नेपालगञ्ज एरिया म्यानेजर मिना पराजुली, बाँके युनेस्को क्लवका अध्यक्ष राजेन्द्र चौधरी, सरक्षक प्रवेज अलि सिद्दिकीलगायतले होल्डिङ्ग सेन्टर स्थापना गरिएको वडानं. ११ का वडा अध्यक्ष कर्णबहादुर थापालाई हात धुने स्टेशन, झुल, तन्ना, खानेपानीको जार, एवम स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरेका हुन ।


गत असार ४ गतेदेखि सञ्चालनमा आएको सो होल्डिङ्ग सेन्टरमा पूर्वपश्चिम राजमार्ग हुँदै मलेशिया, कतार, साउदी लगायतका तेस्रो मुलुकबाट आएका १ हजार बढीले सेवा लिएको वडा अध्यक्ष थापाले जानकारी दिए ।

उनले मानविय सेवाको लागि सामान उपलब्ध गराएकोमा प्लान र बाँके युनेस्कोलाई धन्यबाद दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »