सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“प्लेयर अफ द सिजन” उपाधी डिबालालाई, रोनाल्डो निरास

इटालियन सिरी ए अन्तर्गतको सिजन २०१९/२० को सर्वोकृष्ट खेलाडी अर्थात् “प्लेयर अफ द सिजन” को अवार्ड युभेन्टसका अर्जेन्टिनी फर्वाड पाउलो डिबालाले प्राप्त गरेका छन् । उनले आफ्नै टिमका सहकर्मी पोर्चुगिज सुपरस्टार कृष्टियानो रोनाल्डोलाई पछि पार्दै यो अवार्ड हात पारे । गत सिजन यो अवार्ड रोनाल्डोले जितेका थिए । यस सिजन पनि धेरैले रोनाल्डोलाई मुख्य दाबेदार मानेका थिए तर नतिजा त्यस्तो भएन ।

युभेन्टसलाई च्याम्पियन बनाउन प्रमुख भुमिका निर्वाह गरेका रोनाल्डोले यस सिजन घरेलु लिगमा ३१ गोल गरे भने ५ गोलका लागि अवसर प्रदान गरे । डिबालाले भने यस सिजन ११ गोल गर्दै ७ गोलका लागि अवसर सिर्जना गरेका थिए ।

यस सिजन सर्वाधिक १४ खेलमा विजयी गोल गरेका रोनाल्डो लिगमा सर्वाधिक “प्लेयर अफ द म्याच” जित्ने खेलाडी समेत हुन् । उनले लिगमा महत्वपूर्ण ३ कीर्तिमानी समेत रछे । यसकारण पनि उनलाई “प्लेयर अफ द सिजन” अवार्ड पाउनुपर्ने धेरैको अनुमान थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »