सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फलामजन्य उत्पादनको अस्वभाविक मुल्य बृद्धि बिरुद्ध ग्रील तथा स्टील ब्यबसायीहरुको निरन्तर कार्यक्रम

काठ्माण्डौ फलामजन्य उत्पादन को अस्वभाबिक मुल्य बृद्धि भए पछि ग्रील तथा स्टील ब्यबसायी महासंघ को पहलकदमिमा बिभिन्न चरणका अन्तरकृया कार्यक्रम संपन्न भईसकेका छन् । आफ्नै  मातहत का संगठन बाट अन्तरकृया शुरु गरेको  महासंघ ले मुल्य बृद्धि को सम्बन्धमा निरिक्षण र अनुगमन गर्न महासंघ का प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ को संयोजकत्वमा एक अधिकार सम्पन्न समीती नै गठन गरेको थियो  ।

हाल सम्म गरीएका कार्यक्रम हरु सोहि समिती  को आयोजना मा गरिएको समितिका संयोजक ठुलो बाबु श्रेष्ठ ले बतएका छन्। सो समितिले आज नक्साल स्थित होटल क्राउन प्लाजा मा ग्रील तथा स्टील  ब्यबसायी र नेपाल मा फलामजन्य बस्तु  को उत्पादन गर्ने रोलिङ मिल बिच  एक बृहद अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ  ।

कार्यक्रम मा समितिका संयोजक ठुलो बाबु श्रेष्ठ ले कार्यपत्र प्रस्तुत गरे  पछि सो  बिषय माथि छलफल भएको थियो  ।रोलिङ मिल हरु  को प्रतिनिधित्व गर्दै जगदम्बा ग्रूप का प्रतीनिधि प्रभु आचार्य र हुलास स्टील को तर्फ बाट सुनिल अधिकारी को उपस्थिति रहेको थियो।

विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण ठप्प भएको व्यवसाय सुरु भएको केही समयमै फेरि फलामजन्य वस्तुमा मूल्यवृद्धि हुँदा व्यवसायी मात्र होइन उपभोक्ताहरु नै मारमा परेको ग्रिल स्टिल वयवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए ।

सामग्रीमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्धिले व्यवसायी र उपभोक्ताबिचको सम्बन्धमा दरार आएको छ, हामीले हाम्रा ग्राहकहरुलाई मूल्यवृद्धिको कारण दिन पनि सकेका छैनौं, निर्माण सामग्रीमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्धिको कारण खोज्न नै हामीले समिति खडा गरेका हौं,’ उनले भने ।

उनका अनुसार यसअघि ६०/ ७० रुपैयाँ पर्ने स्टील अहिले १०५ रुपैयाँसम्म पर्ने गरेको छ । उनले सरकारले पनि यसतर्फ कुनै ध्यान नदिएको आरोप लगाए । एउटै वस्तुमा पहिले र अहिले ३ हजार रुपैयाँसम्म फरक पर्ने गरेको उनको भनाई छ ।

महासंघका प्रथम उपाध्यक्ष तथा अध्ययन समितिका संयोजक ठूलो बाबु श्रेष्ठले अध्ययन समितिले अनुगमन तथा अध्ययन गर्दा अन्र्राष्ट्रिय स्तरमा तेल इन्धन र डलरको मूल्यले नेपाली उत्पादनमा पार्ने प्रभाव, फलामजन्य सामग्रीको आयात हुने देश र नेपाली उत्पादनसँगको अन्तरसम्बन्ध, मूल्य समायोजन सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड र यसको वैज्ञानिकता, फलामजन्य सामग्रीको मूलय पारदर्शीता र एकरुपतालगायतका विषयमा अध्ययन गर्ने बताए ।

आजको कार्यक्रम मा आम उपभोक्ता  लाई हित हुने गरी यो समिती ले केहि महत्वपुर्ण कागजात हरु  को खोजि समेत गरेर  अनुसन्धान गर्नु पर्ने अवस्था आएको बताएको छ ।कार्यक्रम का संयोजक ठुलो बाबु श्रेष्ठ ले “पछिल्लो समय अस्वभाविक रुपमा फलाम जन्य पदार्थको मुल्य बृद्धि भए पछि त्यसको बृहद रुपमा छानबिन र अनुगमन गर्न ग्रील तथा स्टील ब्यबसायी महासंघ अन्तरगत बनेको मुल्य बृद्धि अनुगमन तथा छानबिन समिति ले यस भन्दा अगाडि आफ्नो मातहत मा रहेका ग्रील तथा स्टील ब्यबसाय मा आबद्ध संघ संस्था हरु र काठमाण्डौ का हार्डवेर ब्यबसायी बिच मा बृहद अन्तरकृया हरु समेत सम्पन्न गरि सकेको छ । अन्तराष्ट्रीय स्तर मा डलर ,सुन र कच्चा तेल कोमुल्य मा त्यति धेरै हेरफेर नभएको अवस्थामा फलाम जन्य उत्पादन मा आवस्यक पर्ने ब्लेड को मुल्य मा अस्वभाविक बृद्धि भएको देख्दा हामि निकै मर्माहित भएका छौं।हामिले केहि जानकार कानुन ब्यबसायी र बिग्य हरु संग समेत बेग्ला बेग्लै अन्तरकृया गर्दा केहि कुरा हरु उपभोक्ता हरु सम्म स्प्रस्ट पार्नु पर्ने आवस्यकता महसुस भएको छ ।यो प्रतिवेदन लेखन कार्य मा हाम्रा सबै रोलिङ मिल हरु ले आवस्यक सहयोग गर्नु हुने छ भन्ने आशा गरेको छु ।

मुल्य बृद्धि संबन्धि केहि कानुनि आधार लाई प्रस्ट पार्न हामिलाई रोलिङमिल हरु मा आयत गरिएको ब्लेड को मुल्य मुल्य बृद्धि भन्दा अगाडि को र मुल्य बृद्धि भन्दा पछाडीको भन्सार महसुल तिर्न प्रयोग हुने प्रग्यापन पत्र को प्रतिलिपि र मुल्य बृद्धि हुँदाको बखत मा र नहुँदाको बखत मा बन्ने फलामजन्य उत्पादन् को लागत स्टमेट समेत एककट्ठा गरि मुल्य बृद्धि संबन्धि वास्तविकता पत्ता लगाउन पर्ने हुन सक्ने नेपाल सरकार उद्ध्योग मन्त्रालय र संबन्धित निकायमा पेस गरेको लागत स्टमेट समेत हामिलाई उपलब्ध गराएर मुल्य बृद्धि को वास्तबिकता आम उपभोक्ता सम्म छर्लङ्ग बनाउन सहयोग गरिदिनु हुन सबै रोलिङ मिल हरु लाई अनुरोध छ।

सुचना को हक सम्बन्धि अधिकार प्रयोग गरेर सबै प्रामाण हरु जम्मा भए पछि हाम्रै पहल मा हामि उपभोक्ता मन्च ,भ्रटचार बिरुद्द् का अभियन्ता , आम नागरीक,सरोकारवला संघ संस्था संबन्धित सरकारी निकाय ग्रील तथा स्टील् ब्यबसायि हार्डवेर ब्यबसायि रोलिङ मिल लगायत को उपस्थितिमा बृहद कार्यक्रम गरेर यथार्थता बाहिर ल्याउन हामि प्रयत्न गर्ने छौ। यसका लागि सबै तह र तप्का बाट आवस्याक सहयोग हुने कुरामा म बिस्वस्थ छु ।“भन्नु भयो।

कार्यक्रम मा बोल्दै रोलिङ मिल का प्रतिनिधि हरु ले उत्पादन मा आवस्यक पर्ने करीब सत् प्रतीसत कच्चा पदार्थ भारत को भर पर्नु पर्ने भएको र भारत का लागि नेपालि बजार गौण भएको ले पनि यस्तो भएको हुन सक्ने स्विकार गरेका थिए।  भारत ले अहिले नेपाल भन्दा ठुलो बजार बिस्तार गरेको ले यसमा केहि जाल झेल  भएको हुन सक्नेतर्क राख्दै नेपालि उत्पादक हरुले यसरी आफुखुशि मुल्य बृद्धि गर्न नसक्ने जिकिर गर्दै नेपालि उधोग हरु  को वचावट गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »