सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फागुन ३ गते रसुवामा ल्हाेछार विशेष वृहत साँस्कृतिक कार्यक्रम हुँदै

काठमाडाैँ । ल्हाेछारकाे अवसरमा कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाकाे संयुक्त आयाेजनामा “हाम्रो कला संस्कृति, भाषा धर्मको प्रवर्द्धन र जर्गेना गरौं, रसुवाली कलाकार एक होऔं ” भन्ने मुल नाराका साथमा यही फागुन ३ गते रसुवाकाे धुन्चे बजारमा ल्हाेछार विशेष वृहत साँस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

रसुवाका तामाङ समुदायले ल्हाेछारलाई घर-घरमा मनाउँदै आइरहेका छन् । विशेष गरेर तामाङहरूकाे संस्कृति र रसुवाकाे लाङटाङ हिमाल र गाेसाइकुण्डलाई पर्यटन वर्षमा थप प्रचार प्रसार गरी विश्वभरी चिनाउनका लागि पनि याे कार्यक्रमले महत्वपुर्ण भुमिका निर्भाह गर्ने कार्यक्रम संयाेजक दावा फिन्जाे तामाङले सारा खबरलाई जानकारी दिनुभयाे ।

प्रतिनिधि सभाका सदस्य माेहन आचार्यकाे प्रमुख आतित्थ्यतामा हुने उक्त साेनाम ल्हाेछार विशेष कार्यक्रममा बाग्मती प्रदेश सभाका सदस्यहरू प्रभात लामा र प्रेम तामाङ विशेष अतिथिका रूपमा रहने संयाेजक तामाङले बताएका छन् ।


नेपालकाे ख्याति प्राप्त कलाकारहरु, कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाका कलाकारहरूकाे विशेष प्रस्तुति रहने पनि उहाँले जानकारी दिनुभएकाे छ ।

उहाँले फागुन ३ गते सम्पुर्ण रसुवावासीलाई उपस्थितिका लागि हार्दिक अनुराेध गर्नुभएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »