सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फुटबल क्लब रियल मड्रीडका मारियानो डायजलाई कोरोना भाइरस संक्रमन

फुटबल जगतका सर्वाधिक सफल र विश्व चर्चित स्पेनिस फुटबल क्लब रियल मड्रीडका स्ट्राइकर मारियानो डायजलाई कोरोना भाइरस संक्रमन पुष्टि भएको खबर मंगलबार क्लबले विज्ञप्ति मार्फत दिएको छ । क्लबले उनको स्वास्थ्यावस्था सामान्य रहेको र हाल उनी सेल्फ आइसोलेसनमा बसेको जनाएको छ । मारियानोले आगामी अगस्ट ८ मा हुने युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को म्यान्चेस्टर सिटीसँगको दोस्रो खेल गुमाउने पक्का भएको छ । यस अघिको खेलमा रियल आफ्नै मैदानमा सिटीसँग २-१ गोल अन्तरले पराजित भएको थियो । रियलले अब च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन दोस्रो खेलमा सिटीसँग कम्तीमा २ गोल अन्तरले जित्नुपर्ने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »