सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फोहरमैला ब्यबस्थापनमा भएको असहयोग बारे काठमाडौंका मेयर बालेन शाहको आपत्ति

काठमाडौं । काठमाडौं देखि ल्याण्डफिल्ड साईटसम्म जाने बाटोको स्तरउन्नति गरीएसंगै सहजतातिर गएको काठमाडौंको फोहर मैला ब्यबस्थापनमा सबैठाउँबाट असहयोग भएको भन्दै काठमाडौंका मेयर बालेन शाहले आपत्ति ब्यक्त गरेका छन् ।
उनले आफ्नो फेसबुक वालमा यस्तो लेख्दै उनले आपत्ति जनाएका हुन् ।

“हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर दुर्भाग्य ! आज दुई स्थानमा अलगअलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडामा पुग्न सफल भए ।
आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए । एक
कसैले पानीको मुहानमा फ़ोहोर लगेर फ्याँकिदोयो भन्नेबारे । यसमा दोषीलाई पत्ता लगाएर कारबाही गर्नपनि सफल भयौं।
अर्को फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्नेपनि सुनियो । त्यो समस्या पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ ।
वास्तवमै त्यो नियतपूर्वक गरिएको कसरत हो भने बिडम्बनापूर्ण हुनेछ । बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।
सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन यसमा हेक्का राखौँ ।”

युवा मेयर बालेन साहको फेसबूक वालबाट

भर्खरै

सम्बन्धित खबर

Language »