सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फोहर ब्यबस्थापन संगै सामाजिक रुपान्तरणको दिशामा अगाडी बढ्दै स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान


काठमाडौं । काठमाडौं उपत्यका लगाएत देशैभरि शनिवार सयौं सफाई अभियानहरु चल्नेगरेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै दर्जनौं अभियानहरु सन्चालनमा छन् ।
अभियानहरु मध्य पछिल्लोसमय प्रभावकारी भुमिकामा देखिएको स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले आज बालाजु क्षेत्रमा कार्यक्रम गरेको हो ।
अभियानले सरसफाई मात्र नभएर सार्वजानिक जग्गा संरक्षण तथा सामाजिक
रुपान्तरणको बिषयमा समेत आफुलाई कृयाशिल गराउँदै लगेको छ ।
अभियानले बनस्थली खरिबोट तथा पिपलटार लगायतका स्थानमा रहेको सार्वजानिक जग्गा संरक्षणमा स्थानिय संघ संस्थाको सहकार्यमा यो भन्दा अगाडी कार्यक्रमहरु धेरै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
आज भएको सरसफाई तथा त्यस क्षेत्रमा अब्यबस्थित बसोबास गर्ने भारतिय नागरिकहरुलाई हटाउने कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.१६का वडा अध्यक्ष मुकुन्द रिजालको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा महानगर प्रहरी , नेपाल प्रहरी , त्यस क्षेत्रमा फोहर ब्यबस्थापजको कार्य गरिरहेको नेप्सेम्याक सेवा प्रा.लि. , सामाजिक अभियन्ता तथा स्थानिय संघ संस्थाको सकृय सहभागिता रहेको थियो ।
स्थानिय सरकार र स्थानिय नागरिकको सहभागिता बिना सामाजिक रुपान्तरणको अभियान सफल हुन नसक्ने भएकोले अभियान सदैव स्थानिय सरकार संग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको अभियानको संयोजक मुकुन्द सिलवालले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »