सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले स्वास्थ्य सामाग्री बितरण

नेपालगन्ज,पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बाँंकेमा ठूलो परिमाणमा सेनिटाइजर, माक्स र ग्लोब्स बितरण गर्नु भएको छ ।

पुर्व शहरी विकास मन्त्री राईले कोरोना रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाईनमा खटिने बाँकेका सुरक्षाकर्मी र पत्रकार लाई सेनिटाइजर, माक्स र ग्लोब्स बितरण गर्नु भएको हो ।


जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, नगर प्रहरी, जमुनाह प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँके .नेपाल पत्रकार महासंघ बाँकेलाई सेनिटाइजर, माक्स र ग्लोब्स प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयलाई पनि ४ सय माक्स ४ सय ग्लोब्स र १० लिटर सेनिटाइजर, सशस्त्र प्रहरीलाई २५० माक्स, २५० ग्लोब्स र १० लिटर सेनिटाइजर, नगर प्रहरीलाई १०० थान माक्स, १०० थान ग्लोब्स र १० लिटर सेनिटाइजर बितरण गरिएको छ ।


पुर्ब समाजवादी पार्टीका बाँके अध्यक्ष कमरुद्दिन राईले ती सामाग्री सम्बन्धित ठाउँमा लगेर प्रदान गर्नुभएको छ ।

यस्तै पुर्व शहरी विकास मन्त्री राईले उपलब्ध गराएको नेपाल आर्मीलाई १५० माक्स, १५० ग्लोब्स र ५ लिटर सेनिटाइजर, जिल्ला अनुसन्धानलाई १०० माक्स, १०० ग्लोब्स र १० लिटर सेनिटाइजर आजै बितरण गरिएको अध्यक्ष राईले बताउनु भयो ।

जमुनाह प्रहरी र जयसपुर प्रहरीलाई पनि माक्स, ग्लोब्स, सेनिटाइजर मन्त्री राईले उपलब्ध गराउनु भएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेलाई पनि ६० थान माक्स, ५० थान ग्लोब्स र ६० वटा सेनिटाइजर बितरण गरिएको छ ।

आज उपलब्ध गराइएको सबै माक्स एन नाइट फाइभ हो । पुर्व शहरी विकास राईले नरैनापुरमा एक हजार सर्जिकल माक्स पठाउनु भएको छ भने डुडुवा पालिकामा रहेका क्वारेन्टाइनमा साबुन, सेनिटाइजर, पानी उपलब्ध गराउनु भएको छ ।

फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई उक्त सामाग्रीले ठूलो राहत दिने बाँकेका एसपी बीर बहादुर ओलीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »