सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फ्रन्ट लाईनमा रहेर कामगर्ने शुरक्षाकर्मीको तिर्खा मेटाउदै अभियन्ताहरु

काठमाण्डौ । जिल्ला प्रशासन कार्यलय काठमाडौं ले एक हप्ताको लागी निषेधाग्या लाई कडा बनाउने निति लिएपछि  सर्वसाधरण लाई त समस्या  परेको छ नै  २४ घण्टा सडकमा  ड्युटीगर्ने शुरक्षाकर्मी लाई समेत समस्या पर्न थालेको छ ।

सबै घर पसल बन्द हुँदा बाटोमा ड्युटी गर्ने शुरक्षाकर्मीलाई शौचालय जान  समेत समस्या परेको एक अध्ययन ले  देखएको छ ।

बन्दा बन्दि लाई थप कडा बनाउदै लैजादा बाटोमा ड्युटी गर्ने हरुलाई पिउने पानिको समेत ब्यबस्था नभएको देखे पछि मानवको लागि मानव अभियानले आज केहि स्थान का  शुरक्षाकर्मी हरुलाई सहयोग  दाता हरुको सहयोगमा रियल जुस र पिउने पानि लिएर सडकमा  पुगेका थिए ।

अभियान को टोलिले चक्रपथ एरियाको बिभिन्न भागमा पुगी शुरक्षाकर्मी हरुलाई सेवा गरेको थियो ।

सडक मानव ,अस्पतालका बिरामि कुरुवा ,अति बिपन्न बर्ग ,स्वास्थ्य कर्मी तथा शुरक्षाकर्मीको सेवा गर्ने उदेश्यले  संचालित यो अभियान ले स्थानिय जनप्रतीनिधिलाई जनताप्रती उत्तरदायी बनाउने उदेश्यले पिडीत र  जन प्रतिनिधि बिचमा  संपर्क गराउने कार्य  समेत  गरीरहेको  छ  ।

अभियन्ताहरुले आजै समाजसेवि उषा सिंखडाको पहलमा बालाजु बाईसधारा भित्र रहेका बाँदरलाई फलफुल खुवाउने कार्य पनि गरेका थिए ।

घर कोठामा चुलोनै बल्ने अवस्था नभए अभियानको पेजमा दिईएको संपर्क  नंबर हरुमा सम्पर्क  गरेर कुरा  गरेमा घर सम्म  नै खाना पुर्याउने गरेको ब्यबस्था गरिरहेको अभियान  मा  अहोरात्र खट्ने अभियन्ता हरु  उषा सिंखडा , लिला खनाल , सरस्वती काफ्ले ,सुनिता थापा ,भुमिका रसाईली ,च्याङ्बा तामाङ,सुनिल रावत ,राजेश थापा , बिजेन्द्र नौबागे ,मिलन आले ,जिवन बडाल ,अनक मगर , नवराज श्रेष्ठ ,युनिक बि सि , राज क्षितिज ले बताएका  छन्।

काठमाण्डौ भरी कसैले पनि भोकै बस्नु नपरोस भनेर धेरै अभियन्ता हरुले निशुल्क भोजन को  अभियान  गरेका भएपनि आफुहरुले केहि नयाँमोडलको  प्रयोग गरेको अभियान का  संयोजक हेम बहादुर खडका (राज) ले बताएका  छन् ।

“हामिले संबन्धित निकायलाई समेत दवाब दिदै प्रशासन संग समन्वय गरेर जन प्रतीनिधिलाई जिम्मेवार बनाउन समेत पहल गरीरहेका छौं ” अभियानका प्रशासन तथा आर्थिक बिभाग हेरिरहेका दिपेन्द्र ढकाल बताउछन्।

अनलाईन मिडीया र  सोसल मिडीयाको सहि प्रयोग गरेर  लाखौं नागरिकलाई सचेत गराउने अभियानको लक्ष्य रहेको तथा त्यस्लाई पुरागर्न आफु लागीरहेको अभियान  को संचार  बिभाग प्रमुख समेत रहेकि मन्दिरा शर्मा पौडेल को भनाई छ।

समग्र रुपमा अभियान सफलता तिर उन्मुख हुदै गर्दा केहि अफ्ठ्यारा  हरु पनि आउने र  त्यसलाई चिर्दै आगाडी बढ्नसके लक्ष्य पुराहुने हुदाँ थोरै निजि जिवनलाई समाजिक जिवन मा जोडेर कार्य गर्न सबै अभियन्ता हरुले त्याग  गर्नु पर्ने तर्क अभियानको प्राबिधिक तथा ब्यबस्थापन सम्हालि रहेका सोसल मिडियाका  संचालक तथा साराखबर का प्रतिनिधि डि बि पराजुली ले राखेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »