सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका युवाकाे पहिचान

बागलुङ । नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवा घरमै रहेको पाइएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए देखिएको सोमबार सार्वजनिक भएको थियो।

उनीसँगै जहाजमा आएका ढोरपाटन नगरपालिका-५ अधिकारीचौरका एक युवालाई विशेष निगरानीमा राख्न पहल थालिएको छ। ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलीपल्ट गृह जिल्ला प्रस्थान आएका थिए। अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन्। उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले भयभित भएका छन् ।

घरमा रहेका उनलाई पैदल यात्रामार्फत म‌ंगलबार बुर्तिबाङ बजारमा ल्याइने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए। ‘विदेशबाट आएका ती युवा गाउँमै रहेको सूचना आएको छ, यो अवधिमा उनले कतिसँग हात मिलाए, भेटघाट गरे। यो जोखिमपूर्ण विषय हो’ मेयर नेपालीले भने,‘त्यसैले वडाअध्यक्षमार्फत अहिले बुर्तिबाङ बजार ल्याउँदैछौं,। त्यसपछि आइसोलेसनमा राखेर परीक्षण, उपचार लगायतका प्रक्रिया अघि बढाइने मेयर नेपालीले बताए।

संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »