सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बजेट सकाउन तेमाल गा.पा. वडा नं. २ मा वडा कार्यलय भवनकाे शिलान्यास

काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ मा जेठ २७ गते मंगलबार पूर्वराज्यमन्त्री सुर्यमान दोङ लालध्वजले वडाकार्यलयको शिलान्यास गर्नु भएको छ ।


यत्ति बेला प्रत्येक स्थानीय तहमा विनियोजन गरेको बजेट फस्र्योट गर्ने समय हो । नयाँ बजेटको सिलिङ तयारी गर्नु पर्ने समयमा वडा कार्यलय भवनको निर्माणका लागि शिलान्यास गर्नुले के अर्थ राख्छ होला ।

वडा कार्यलय भवनकाे शिलान्यास गर्दै गाउँगाउँमा सिहंदरबारको व्यवहारिक कार्यन्वयनका लागि वडा भवन निर्माणको सुरुवात गर्नु निकै महत्वपूर्ण रहेको नेकपा नेता दोङले बताउनुभयो ।

“अहिलेको जनप्रतिनिधिको पालमा भवन निर्माणको सुरुवात भएकोमा खुसी छु, यसलाई पक्की राम्रो र सुरक्षित बनाउन सबैलाई आग्रह गर्दछु,म पनि सहयोगका लागि प्रतिवद्ध छु ।”

वडाको अनुरोधमा गाउँपालिकाको २०लाख बिनियोजित रकमबाट उक्त भवन निर्माण सम्पन्न हुने वडाध्यक्ष तिमाल सिं तामाङले जानकारी दिनुभयो । भवनको शिलान्यास उत्साहपूर्ण रहेजस्तै यसलाई मुर्तरुप दिन सबै पक्षलाई उत्साहपूर्ण साथ दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य(सांसद) रत्न ढकालले वडा भवन निर्माणपछि जनप्रतिनिधिलाई जनसेवा प्रदान गर्न निकै सहजता आउने विश्वास व्यक्त गर्दै स्थानिय विकासमा साथै रहने प्रतिवद्धता जनाउनुभयो ।

साथै उहाँले प्रदेश सरकारले जन परिचालन गरेर स्वस्थ्य प्राबिधिक शिक्षा र कृषिमा बजेट कार्यन्वयन गर्ने गरी नीति पारित गर्न संघीय सरकारलाई प्रदेशबाट प्रस्ताव गरेको प्रष्ट पार्नुभयो ।

तेमालमा प्राबिधिक शिक्षालयको आवश्यक रहेको ठहर गर्दै उहाँले तेमाल बिशेष बुद्धचित्तको प्रख्यात रहेको हुदा यस्ता बस्तुहरुलाई समेटेर कृषि शिक्षालयको अवश्यकता औंल्याउनुभयो । यस सम्बन्धमा आजसम्म कुनै पनि प्रस्ताव नरहेको जानकारी दिनुहुदै सांसद ढकालले तुरुन्तै प्रस्ताव ल्याउन समेत अनुरोध गर्नुभयो ।

पालिका अध्यक्ष सलाम सिं तामाङले स्थानिय सरकार सदैव स्थानियको जीवन सरल बनाउन विकास निर्माणमा केन्द्रित रहेको दावी गर्नुभयो । सोही क्रममा तेमालका अधिकांश वडा कार्यालय भवनहरुले छिट्टै मुर्तरुप लिने अध्यक्ष तामाङले बताउनुभयो ।

कार्यक्रममा स्थानिय जनसमुदायका साथै नेकपाका नेताहरु रुकु चौलागाई,इन्द्र तामाङ , प्रदिप लामा ,कल्पना तामाङ ,समीर लामा,उशा घिसिङ तामाङ,पासाङ डोल्मा तामाङ,वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

असार २० गते भित्रमा २० लाख बराबरको काम सकाउने योजना रहेको २ नं. वडा ध्यक्ष तेमाल सिं तामाङले बताउनु भएको छ । दैनिक १ लाख बराबरको कार्य सम्पन्न गर्ने हो भने तेमाल गाउँपालिकाको विकासको गति तिव्र नै छन् भन्ने यो वडाको योजनाबाट पनि देख्न सकिन्छ तर साँच्चिकै तेमाल समृद्वका लागि यसरी नै कार्य भैरहेको होला त ? यो प्रश्न तेमाली जनतामा नै छोड्न चाहान्छु

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »