सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका पहिराे, १७ घर पुरिएको स्थानीयकाे दाबी,

काठमाडौं । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले पनि प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताए । डिएसपी बमले अनलाइनखबरसँग भने, ‘पहिरोले बाटो पनि बगाएको छ । खोलामा बाढी पनि आएको छ । त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न सकेको छैन र क्षतिको विवरण पनि प्राप्त भएको छैन ।’

स्थानीय लोकेन्द्र विकले भने अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

याे समाचार अनलाइन खबरबाट साभार ,

भर्खरै

सम्बन्धित खबर

Language »