सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बत्ति मुनिको अध्यारो जस्तै सिन्धुपाल्चोकको एउटा गाउँ मुले

सिन्धुपाल्चोक बाट सन्जिब स्याङ्बोको रिपोर्ट
सिन्धुपाल्चोक जिल्लामा अझै पनि निकै दुर्गम क्षेत्रमा अवस्थित ठाउँहरु रहेको पाइन्छ । त्यस मध्य इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर मुले एक हो । यस ठाउँमा विभिन्न जातिको मानिसहरु तामाङ, लामा, मगर, क्षेत्री, बाहुन, दलित लगायत जातिको मानिसहरु बसोबास गर्दै आएका छन् । यस ठाउँमा करिब १५००—२००० को हाराहारीमा जनसंख्या रहे पनि मतदाता नामावली समावेश भएको नाम भने जम्मा ५०० को हाराहारी मा मात्र छ ।


यो गाउँका मानिसहरु मुख्यतय कृषिमा निर्भर छन् । यस ठाउँमा करिब ९० प्रतिशत मानिसहरु खेतीपाती गर्ने र ५ प्रतिशत सरकारी जागीर र ५ प्रतिशात व्यावसाय गरेर आफ्नो जिविकोपार्जन गर्ने मानिसहरुको बसोबास रहेको छ । यस ठाउँमा लामो समय देखिनै कृषिमा विभिन्न नगदे बाली लगाउदै आएको स्थानीयहरु बताउछन् । यहाँका किसानहरुले धान,मकै,कोदो,गहु,फापर,तोरि आदि नगदे बाली लगाउदै आएका छन् ।


कृषिको लागि खेतीयोग्य जमिन पर्याप्त भएको ले यहाँको मानिसहरु खेतीपाती गर्दै आएको देखिन्छ । ९० मानिसले खेती गरेपनी आधुनिक कृषि प्रणालिको बिकास गर्न नसक्दा राम्रो आम्दानी नभएको देखिन्छ ।


गाउँलेहरु प्राय सबै खाद्यबस्तु केनेरै प्रयोग गर्ने बताउछ्न । अहिले पछिल्लो समयमा जंगली जनावरको कारण खेतबारी को बाली सबै नस्ट गर्ने र भनेको जस्तो बाली भित्राउन नपाउँदा किसानहरु दुखित छन । यहाँका किसानहरुले खेती सङसङै पशुपन्छी हरु पनि पलान गर्दै आएका छन् ।


जनसंख्या थोरै भएपनी यो गाउँ ठूलो रहेको स्थानीय बताउँछन् । लगभग ६० प्रतिशत जमिन जङ्गल ले ढाकेको रहेको छ ।
बुद्ध सामुदायिक बन उपभोक्त समिति, झोम्पाखा सामुदायिक बन उपभोक्त समिति लगायत यहाँ को वन रक्षाको को लागि स्थानियको सकृयता राम्रो रहेको छ । यो ठाउँ नेपाल को कर्णाली जस्तै छ । नत भने जस्तो मोटर बाटो छ नत खानेपानीको सुविधा छ नत गुणस्तरीय शिक्षानै । यस ठाउँमा विभिन्न क्षेत्रबाट बिधान हसिल गरेर आएको लामाहरु भए पनि एउटा गुम्बा पनि बनाउन सकेको छैन । गुणस्तरीय शिक्षा नभएको कारण आज सबै युवाहरु बिदेशीनु परेको छ । गाउँको ६०प्रतिशत युवाहरू बिदेश मै रहेको स्थानीयहरु बताउँछन् ।


यसठाउँको बालाकहरु सानै उमेरमा आफ्नो धर्म अनुसार लामा विधि अध्यापन गर्न भारत लगायत को रास्ट्र मा गएको पाइन्छ । यस ठाउँमा आधारभूत शिक्षा भने गाउँकै श्री भिम्सेन आधारभूत विद्यालय मा अध्यन गर्ने गरिन्छ भने मा.वि.शिक्षा अध्यन गर्न ४०–५० मिनेट हिडेर बजार क्षेत्रमा जानू पर्छ । यस ठाउँको मुख्य धार्मिक र पर्यटनकिय स्थानहरु दारिगौड देवि मन्दिर,दारिगौड डाडा,देवि थान मन्दिर,पुरानो कुवा, आदि ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटनहरु आउने स्थानीयहरु बताउँछन् ।


स्वर्गको एक टुक्रा जस्तै देखिने यो ठाउँ बत्ति मुनिको अध्यारो बनि रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »