सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बनेपामा प्रहरीले थाले यस्तो सहयोग

काभ्रेपलान्चोक। लकडाउन उल्लंघन गरेको भन्दै कहिले डाक्टर त कहिले औषधि किन्न गएकाहरुलाई कुटिपट गरेको भन्दै नेपाल प्रहरी निकै आलोचित भयो । तर बनेपामा भने प्रहरीले दैनिकी ज्यालादारी काम गर्न मजदुरीहरुको मन जितेको छ ।

काभ्रेपलान्चोक जिल्लाको विभिन्न भागबाट आएका नागरिकहरुलाई प्रहरीले सहयोग गरेको छ । दैनिकी ज्याला मजदुरी गरेर हिड्नेहरु लाई निकै समस्या परेकाले जिल्ला प्रशासन , सरोकारवाला निकाय , संघ संस्थाको समन्वयमा ती मजदुरहरु लाई घरमा पठाइएको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनका कारण अलपत्र परेका मजदुरहरुलाई बनेपाको स्थानीय सरकार , प्रशासन , सरोकारवाला , संघ संस्था मिलेर दैनिक ज्याला मजदुरी गर्नेहरु लाई घर पठाइएको छ ।

बाग्मति प्रदेशभित्र मजदुरी गर्ने जुनसुकै प्रदेशका र अन्य प्रदेशमा समेत बसेका बाग्मति प्रदेशका स्थानिय जनतालाई प्रदेशगत समन्वय गरि गन्तव्यमा पुग्न सघाउने भएकोले बनेपा प्रहरीले यस्तो काम गरेको श्रोतले बताए छ ।

स्थानिय सरकारसंगको समन्वयमा मजदुरलाई जहाँको त्यहिँ बस्ने भए पनि उनीहरुका आधारभूत आवश्यकता खाना बस्न व्यवस्था गर्नुे वा घरमा फर्किन चाहनेलाई सवारी साधनको व्यवस्था मिलाउने र आ- आफ्नो गाउँ पठाउँने बताइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई गर्दा विचल्ली हुने मजदुर तथा यात्रुका लागि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो

सहरमा दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने मानिसहरुलाई खाना र बस्न समस्या भएपछि उनीहरु हप्ता दिन हिडेर गाउँ जान बाध्य छन् । अहिले लकडाउनलाई कडाईका साथ लागू गर्दा उनीहरुनै बढि मारका परेको परिस्थितिमा बाग्मती प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »