सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बन्दुक ,झाडु हुँदै कलम सम्मको यात्रा मा शम्भु उप्रेती

यस कबिता का रचनाकार शशस्त्र प्रहरिबल नेपाल को बरीष्ठ प्रहरी अधिकृत बाट केहि समय अगाडी मात्र अवकाश प्राप्त भएका हुन । जागिर मै रहदा देखी नै सामाजिक रुपान्तरण को कार्य मा लागिरहेका उनले बागमती , चक्रपथ लगायत का सरसफाइ अभियान हरु मा पनि महत्वपुर्ण भूमिका निर्वाह गरी रहेका छन् ।
               कबिता 
            “तिमी रिस्याउछौ र त म “ ?
(१)
जीबनको लामो यात्रा बनिरह्यौ बत्ती
कठिन यात्रा पार गरेछौ पत्तै भएन कत्ती ।।
कहीले तिमी हुन्थ्यो खुशी कहीले ठास्स ठुस ।
त्यही उर्जाले जलाईन्थ्यो मनभीत्रको तुष ।।
(२)
तिमी अक्सर रिस्याउदा मलाई मिल्थ्यो शक्ति ।
त्यसैले त कहिल्यै आएन खराब बिचार, मती ।।
सधै मलाई मिलिरह्यो सद्धप्रेरणा र मान ।
अक्सर तिमी रिस्याउथ्यो नि त्यही भएर जान ।।
(३)
कति पिडा छटपटी दबाएरै हुन्थ्यौ खिन्न ।
बाहीर हेर्दा हासेकै छौ कतै छैन भीन्न ।।
उ बेलामा फुर्सद थिएन सधै ड्यूटी भाको ।
अईस्याट लाग्दथ्यो कति सारो भेट्नै काहा पाको ।।
(४)
तिमी अक्सर रिस्याउथ्यो नि,त्यसैले हुने सजग ।
दुख सुख चक्र सम्झी पिडा भीत्रै मज़ाक़।।
आजको फुर्सदीलो,मस्त, ब्यस्त जीन्दगीका ब्यथा ।
रिसियेकी मुहार भीत्र त रैछ कति अर्ति, लाखौ शुभेच्छा !!
(५)
तिमी अक्सर रिस्याउदा मलाई मिल्थ्यो शक्ति ।
त्यसैले त कहिल्यै आएन खराब बिचार, मती ।।
जीन्दगीको छोटो यात्रा कहीले घाम कैले हुरी ।
रमाऔ है रुखो सुखो कैले भोकै, त कैले खिरमा नि पुरी ।।

भर्खरै

सम्बन्धित खबर

Language »