सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दियाका कोभिड प्रभावित अति विपन्न परिवारलाई स्वच्छता सामाग्री वितरण

नेपालगञ्ज, बर्दिया जिल्लाको बारबर्दिया र राजापुर नगरपालिकामा बसोबास गर्ने कोभिड प्रभावित अति बिपन्न परिवारलाई बाँके युनेस्को क्लबले सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री वितरण गरेको छ ।


प्लान ईन्टरनेशनल नेपालको सहयोगमा क्लबले बारबर्दिया तथा राजापुर नगरपालिकामा सञ्चालन गरिएको आकस्मिक प्रतिक्रिया तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजना अन्तरगत सो सामाग्रीहरु वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले बारबर्दिया नगरपालिकाका १ सय २८ तथा राजापुर नगरपालिकाका १ सय २८ गरि कुल २ सय ५६ घरधुरीलाई उक्त सामाग्री प्रदान गरिएको जानकारी दिनुभयो ।

No description available.


मंगलबार राजापुर नगरपालिका वडा नम्बर ६ तथा बारबर्दिया नगरपालिका वडा नम्बर १० को कार्यालय परिसरमा बितरण कार्यक्रमको आयोजना गरि सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।


बितरण गरिएको सामाग्रीमा प्रत्येक परिवारलाई सर्जिकल मास्क २५० थान, डिजिटल थर्मामिटर १ थान, टुटीसहितको २० लीटरको बाल्टीन १ थान, नुहाउने साबुन ४ वटा, लुगा धुने साबुन ४ वटा, साबुनदानी २ वटा, स्याम्पु २ बट्टा, सेनेटरी कपडा २ प्याकेट, पेन्टी ४ वटा, सेनेटरी प्याड १० प्याकेट, ब्याट्री टर्च २ वटा, सेनिटाईजर ५ सय एमएलको २ वटा, स्वच्छता तथा सरसफाई झोला १ थान लगायतका रहेको युनेस्को बाँकेका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

No description available.


सोही परियोजना अन्तरगत दुबै पालिका क्षेत्रमा क्लबले कोभिड–१९ बिरुद्ध माईकिंग, बिपद सम्बन्धी सचेतनामुलक पम्पलेट बितरण र सचेतनामुलक होर्डिंगबोर्ड लगाएको पनि अध्यक्ष चौधरीले बताउनुभयो ।


बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष चौधरी, कार्यकारी निर्देशक रबि तुलाधर, सह निर्देशक साजिद अलि सिद्दिकी, राजापुर नगरपालिका वडा नम्बर ६ का सदस्य ठाकुर प्रसाद थारु, शंकर कुमारी थरुनी, स्वास्थ्य चौकी प्रमुख भुवन दहित, बारबर्दिया नगरपालिका वडा नम्बर १० का अध्यक्ष निरन्जन चौधरी लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

No description available.


यसअघि पहिलो चरण अन्तरगत गत महिना राजापुर र बारबर्दिया नगरपालिकाका ६१५ परिवारलाई सोही बमोजिमको सामाग्रीहरु सहयोग गरिएको बांके युनेस्कोले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »