सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दियामा बालविवाह रोक्न धार्मिक गुरुहरुको सहभागितामा संवाद कार्यक्रम गरियो


नेपालगञ्ज, बाँके युनेस्को क्लबले बर्दियामा जिल्लास्तरीय भर्चुअल संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बालविवाह न्युनिकरण र बालिका शिक्षाका बारेमा केन्द्रित रहेर च्याम्पेन अफ चेन्ज (परिवर्तनका संवाहक युवाहरु) तथा चारवटा पालिकाका धार्मिक गुरुहरुको सहभागितामा सो संवाद कार्यक्रमको आयोजना गरिएको हो ।

बर्दियाको गुलरिया, राजापुर र बासगढी नगरपालिका तथा बढैयाताल गाउँपालिका सहित चारवटा पालिकाका च्याम्पेन अफ चेन्ज र विभिन्न धर्मका धार्मिक गुरुहरुको सहभागितामा बालिकाहरुको विषयमा केन्द्रित रहेर जिल्लास्तरीय संवाद कार्यक्रम गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले सो संवाद कार्यक्रममा परिवर्तनका संवाहक युवाहरु लगायत महन्त, पुजारी, मौलाना, पादरी तथा सिख धर्मगुरुहरुको सहभागिता रहेको बताउनुभयो ।

No description available.

उक्त भर्चुअल संवादमा बर्दियाका चारवटा पालिकामा कायम रहेका सामाजिक तथा धार्मिक कुरुती, कुसंस्कृति, अन्धविश्वास, रुढीवादी परम्पराको पहिचान गर्ने, बालविवाह रोक्ने र सबै बालिकालाई विद्यालय पठाउने विषयमा छलफल र सहमति भएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । उहाँले बालविवाह न्युनिकरण र बालिका शिक्षाका लागि समुदायमा जनचेतना फैलाउन धार्मिक गुरुहरु तथा च्याम्पेन अफ चेन्जलाई परिचालन गरिने बताउनुभयो ।

नेपाल सरकारले सन २०३० सम्म देशलाई वालविवाह मुक्त गर्ने लक्ष्य लिएकोले सोही लक्ष्य पुरा गर्न सहयोग पुर्याउने उदेश्यले चारवटा पालिकामा बालविवाह न्युनिकरण परियोजना सञ्चालन गरिएको छ ।

सो संवाद कार्यक्रमको सहजीकरण मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक रविन मल्लले गर्नु भएको थियो भने बाँके युनेस्को कलबका कार्यक्रम संयोजक बसन्त विसीले कार्यक्रम सञ्चालनसहित परियोजनाबारे बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »