सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दियामा भरुवा बन्दुक सहित दुई जना पक्राउ

बर्दिया, बर्दियाको मधुवन नगरपालिका वडा नं. ७ बाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने गोली सहित २ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. मधुवन धरौराबाट गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले हतियार सहित लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक भुपेन्द्र बहादुर पालको कमाण्डमा खटिएको गस्ती टोलीले शंका मानि खानतलास गर्दा मधुवन नगरपालिका वडा नं.–७, गंगाबस्ती बाट मधुवन ७ बस्ने ५० बर्षिय लिल बहादुर कुँवर, मधुवन ९ बस्ने ३६ बर्षिय दिल बहादुर चौधरी पक्राउ भएका हुन ।

उनीहरुसँग भरुवा बन्दुक १ थान सोमा लाग्ने गोली १२ थान, बारुद २ सय ५० ग्राम, भरुवा बन्दुकमा लाग्ने व्यारिङ्गको गोली ३५ थान, केप ८ थान बरामद गरिएको सशस्त्र प्रहरी बल गुलरिया बर्दियाले जानकारी गराएको छ ।

पक्राउ परेकाहरु बाट भरुवा बन्दुकमा लाग्ने सानो छररा २६ थान, खुकुरी १ थान, चक्कु १ थान, बन्चरो १ थान र मोबाईल २ थान बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

पक्राउ भएका २ जनालाई आवश्यक कारवाही सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा पठाइएको शसस्त्र प्रहरी बल बर्दियाका सशस्त्र प्रहरी उपरिक्षक यादव विश्वकर्माले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »