सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दिया १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएकै दिन एक जनाको मृत्यु

बर्दिया । बर्दियाकाे बारबर्दिया नगरपालिकाले सञ्चालन गरेकाे क्वारेन्टाइनमा १४ दिन बसेर बिहिबार घर फर्किएका ३५ वर्षीया युवककाे बिहिबार राति नै मृत्यु भएकाे छ ।

काठमाडाैंबाट नेपालगञ्ज हुँदै बर्दिया पुगेका ती युवक १४ दिन क्वारेन्टाइनमा नै बसेर घर फर्किएका थिए । ती युवाकाे बिहिबार आरडिटी परीक्षण गरिएकाे थियाे । उक्त परीक्षमा काेराेना नेगेटिभ देखाएपछि उनलाई घर फर्काइएकाे थियाे ।

घर पुगेपछि राति अचानक श्वासप्रश्वासमा समस्या देखिएकाे थियाे । श्वासप्रश्वासमा समस्या देखिएपछि राति नै जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटाेमा नै मृत्यु भएकाे स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गाेकर्ण गिरिले जानकारी दिए। गिरिले मृतककाे स्वाव जाँच गरिने समेत बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »