सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बलात्कार आरोपमा गौशालाका एक जना प्रहरी पक्राउ

काठमाडौं । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।

गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतका अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको हो ।

अहिले म्याद थप गर्न पठाएका छौं’, बस्नेतले भने । प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।

जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।

म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »