सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बल्खु खोलामा पुरुषको बेवारिसे शव भेटियो

काठमाडौं । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको छ ।

कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

अन्दाजी ४०–५० वर्षको उमेरका पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खोला किनारमा अड्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेको छैन।

प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

हाम्फालेर आत्महत्या गरेको पनि हुनसक्ने भन्दै प्रहरीले पहिचानका लागि सामाजिक संजालमार्फत शवको फोटो सार्वजनिक गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »