सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बहराइनमा एकैदिन ७७ जना नेपाली कामदारमा कोरोना संक्रमण देखियो

काठमाडौँ। बहराइन गएका नेपाली कामदारमध्ये कोरोना भाइरसबाट एकैदिन ७७ जना संक्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चारवटा कम्पनीमा काम गर्दै आएका थिए ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले पछिल्लो तथ्याङले आफूलाई चिन्तित बनाएको बताए । ‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, ,‘उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ।’ उनले भने। योसँगै कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ ।

बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना स‌ंक्रमणबाट ८ जनाको मात्रै मृत्यु भइसकेको छ ।

सुन्दासका अनुसार जोखिमपंर्ण मानिएको क्याम्ममा रहेका कामदारलाई नयाँ क्याम्पमा सार्ने काम भइरहेको छ । बहराइनमा झन्डै ३५ हजार नेपाली कार्यरत छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »