सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेका सबै निर्वाचन क्षेत्रमा जसपाका उम्मेदवार

नेपालगंज, जनता समाजवादी पार्टी [जसपा] ले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो । अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी (जसपा)ले एक्लै चुनावी मैदानमा छ ।


बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं १ (क) बाट अम्मर बहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेका हुन् । त्यस्तै क्षेत्र नं १ को (ख) बाट लालबहादुर शाह उम्मेदवार बनेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राईले उम्मेदवारी दर्ता गराएका छन् । २ को (क) बाट भण्डारी लाल यादव र (ख) बाट आदेश कुमार अग्रवालको उम्मेदवारी परेको छ । अग्रवाल आजैमात्र माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेका हुन् ।
त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं ३ मा नोयन्द्र धितालको उम्मेदवारी परेको छ । एमालेले टिकट वितरणमा अन्याय गरेको भन्दै धिताल जसपा प्रवेश गरेर निर्वाचन लड्न लागेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं ३ को प्रदेश सभा (क) बाट गयासुद्दिन खान उम्मेदवार छन् भने (ख) बाट विजय कुमार पाठकले उम्मेदवारी दर्ता गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »