सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेका २१ जना संक्रमित आज डिस्चार्ज हुँदै

नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाउने तयारी गरिएको डा. विनोद डंगोलले बताए । डिस्चार्ज हुनेमा पहिलो पटक संक्रमित भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको डा. डंगोलले जानकारी दिए । आइसोलेसनबाट डिस्चार्ज हुने खबरले सबै उत्साहित छन् ।

घर जाने खुसीमा ३७ वर्षीय व्यक्तिले कोरोना संक्रमण र आइसोलेसनको अनुभवबारे फोनमा कान्तिपुरसँग भने, ‘आइसोलेसनमा बस्नु भनेको आफू पनि सुरक्षित हुनु र अरुलाई पनि बचाउनु रहेछ । घर फर्किन पाउने भएकाले ठूलै युद्ध जिते जस्तै महसुस गरेको छु ।’

भर्खरै

सम्बन्धित खबर

Language »