सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको नरैनापुर गाउँपालिका सिल

नेपालगञ्ज, सोमबार ४७ जना नयाँ कोरोना सङ्क्रमित भेटिएको बाँकेको नरैनापुर गाउँपालिका सील गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले राप्ती पुलदेखिनै सिल गरिएको भन्दै लकडाउनको पालना गरि घरबाहिर ननिस्कन आग्रह गर्नुभयो ।

बाँकेमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । कुल संक्रमितको संख्या मृतक सहित ८१ भएको छ । नरैनापुरमा मात्रै एकजनाको मृत्यु भएको छ भने ५५ जना संक्रमित भएका छन् ।

सोमबार भेरी अस्पतालको प्रयोगशालामा परिक्षणमा ४६ पुरुष र एक महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नरैनापुरमा क्वारेन्टाइनमा बसेका २६३ जनाको स्वाब संकलन गरि भेरिमा परिक्षण हुदैछ । ती मध्य केहिको परिक्षण जारी छ ।

आईतबार क्वारेन्टाईनमा निधन भएका २५ बर्षिय युवामा समेतकोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण भएको पुष्टि भएपछि युवाको राप्ती नदि किनारमा अन्येष्टि गरिएको छ ।

यसैबीच नरैनापुर क्षेत्रमा सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, भेरी अस्पताल सहित सुरक्षा निकायको टोली पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार टोलीले नरैनापुरको अवस्थाको बारेमा जानकारी लिएको

छ । नरैनापुरमा रहेका सामुदायिक विद्यालय र मदरसामा गरि सातसय बढिलाई क्वारेन्टाईनमा राखिएको छ ।

नरैनापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आईसुलेसन अस्पतालको रुपमा प्रयोग गरि सोमबार भेटिएका सबै संक्रमितलाई त्यही राख्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नेपालगञ्जमा रहका निजी अस्पतालले ५० प्रतिशत बेड उपलब्ध गराउने सहमति जनाएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले राप्तीपुलदेखि नै नरैनापुर गाउँपालिका पूर्णरुपमा सिल गरिएको जानकारी दिनभयो ।

नरैनापुरमा सोमबार भेटिएका नयाँ संक्रमितको उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रलाई आईसोलेसन अस्पतालको रुपमा तोकिएको जानकारी दिदै सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले नेपालगञ्जमा रहेका निजी अस्पतालले बेडको सहयोग गरिरहेको जानकारी दिनुभयो ।

प्रशासनले लकडाउनको पूर्ण पालना गर्न आम नागरिकलाई अनुरोध गर्दै आ–आप्mनो घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

तर स्थानीय बासिन्दाले विद्युत नभएको ठाउँमा आईसोलेसन अस्पताल संचालन कसरी हुन्छ भनेर प्रश्न उठाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »