सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघले मान्छे खायो

मंसूर अली इद्रिशी
नेपालगञ्ज, बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको छ । गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको इलाका प्रहरी कार्यालय कोहपुरका डिएसपी रविन्द्र खनालले बताए ।


आइतबार बेलुकीदेखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिइन् । केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन। मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए ।

‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भनिन् । मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको डिएसपी खनालले बताए ।
डिएसपी खनालका अनुसार बाघले मृतकको आधा शरीर खाइसकेको छ । अहिले पनि बाघ लास सगै रहेको डिएसपी खनालले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »