सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा गाडी दुर्घटना, १२ जनाको मृत्यु, घाइतेकाे भेरी अस्पतालमा उपचार हुँदै

बाँके।बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा मिनीबस ‘हाइस’ दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेकाे छ ।

भारतका विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई भारतको रुपैडिहा बजारबाटै पिकअप गरेर सल्यानतर्फ जाँदै गरेको उक्त हाइस मिनीबस बाँकेको ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको घटना स्थलमै मृत्यु भएकाे थियाे । थप १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

हाइसमा ३३ जना यात्रु सवार रहेका थिए । ना ५ ख ५९९५ नम्बरको उक्त हाइस बाँकेको राप्ती सोनारी गाउँपालिका- २ स्थित ठुरिया जंगलमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियाे । नेपालगन्जदेखि सल्यान तर्फजादै गर्दा आइतबार राति बा ४ ख ९०६४ नम्बरको रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताए । अहिले प्रहरीले मृतकको सनाखत सुरु गरिसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »