सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा चिकित्सक सहित ९ जनामा कोरोना

नेपालगञ्ज, बाँकेमा आईतबार चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मिलिटिरी अस्पताल राँझाका चिकित्सकमा कोरोना देखिएको हो ।

अस्पतालबाट संकलित स्वाव परीक्षणमा चिकित्सक सहित ३ जनामा संक्रमण देखिएको छ । यसैगरी जिल्ला अस्पताल बाँकेबाट संकलन गरिएको स्वाव परीक्षणमा ५ जनामा कोरोना देखिएको छ ।

अदालतमा यसअघि एकजनामा कर्मचारीमा कोरोना देखिएको थियो । भेरी अस्पतालका अनुसार खजुराका एकजनामा समेत कोरोना देखिएको छ । कैलाली टिकापुरका एकजना चिकित्सक सहित दुईजनामा पनि संक्रमण देखिएको छ ।

दांगस्थित आर्मीको फिएका एकजनामा पनि कोरोना देखिएको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आईतबार १२ जनामा संक्रमण देखिएको छ ।

बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि आईतबारदेखि ३ दिने निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्लाभित्र कोरोना संक्रमण देखिएको क्षेत्रमा सील गर्ने तयारी भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »