सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके क्षेत्र नंमा २ राजा चुन्ने कि चौकीदार ? मतदान गर्दा विवेक प्रयोग गर्नुहोस् : मोहम्मद इश्तियाक राई

नेपालगन्ज, जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का २७ वटै वडाहरूमा घरदैलो अभियान सुरु गरेको छ। तिहारको पहिलो दिन पार्टीले निर्वाचन क्षेत्रका सबै वडाहरूमा एकैसाथ घरदैलो अभियान सुरु गरेको हो।


डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले घरदैलो अभियानको सुरुवात गरेका हुन्।त्यसक्रममा उनले चुनावी अभियानमा खटिएका आफ्ना कार्यकर्ता तथा मतदाताहरूलाई आपसी भाइचारा, सद्भाव र विकासका लागि जनता समाजवादीलाई फेरि एकपटक जिताउनका लागि निरन्तर लागिपर्न आह्वान गरेका थिए।
यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्। घरदैलो अभियानको सुरुवात गर्दै उम्मेदवार राईले मतदाताले अब फेरि राजा ल्याउन नभएर आफ्ना लागि ‘चौकिदार’ चुन्नेबेला आएको बताए।
धोती, टोपी र शीरमा फेटा बाँधेकाहरूको अधिकारका लागि हाम्रा अग्रजहरूले, सहीदहरूले आफ्नो रगत बगाएर ल्याएको यो शासन व्यवस्था हो’ उनले भने ‘यो कसैको निगाहमा आएको होइन। विकास त्यसै आएको होइन। राज्य संरचनामा हाम्रा उपस्थिति त्यसै बाध्यकारी भएको होइन। यी सबलाई बचाउनका लागि फेरि एकपटक हाम्रा प्रतिनिधिहरू संसदमा पुग्न जरुरी छ।’ उम्मेदवार राईले अहिले प्रतिपक्षीहरूले जसपा र त्यसका उम्मेदवारहरूविरूद्ध झुटा कहानी र भ्रमहरू फैलाउन उद्दत रहेको भन्दै त्यसप्रति सचेत रहन पनि आग्रह गरे। त्यसका लागि जनताका घरघरमा पुगेर आफ्ना काम र उपलब्धीहरूको प्रचार प्रसार गर्न पनि उनले कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
जनताका लागि हामीले कति काम गरेका छौं भन्ने कुरा हामीले तपाईंहरूको हातहातमा दिएका छौं। तपाईंहरू सबै त्यसका आफै उपभोग पनि गरिरहनुभएको छ। यो भोट भनेको तपाईंहरूले हामीलाई तपाईंहरूकै काम गर्नका निम्ति दिनुभएको हो। त्यो मतको हामीले दुरुपयोग गर्नेछैनौं’ उनले भने ‘केही मान्छेहरू हाम्राविरूद्ध भ्रमहरू फैलाइरहेका छन्। आफ्ना कर्तुत र भ्रष्टाचारका कुराहरू लुकाउनका लागि हामीलाई आरोप लगाइरहेका छन्। त्यसबाट मुक्त हुनुहोस्। र फेरि हामीलाई एकपटक मौका दिनुहोस्।’ उम्मेदवार राईले विपक्षीहरूले जतिसुकै जातिय वा साम्प्रदायिक कुरा गरे पनि त्यसमा नअल्झिन र उनीहरूलाई प्रश्न गर्न पनि आग्रह गरे। ‘म पनि अघिल्लोपटक चुनाव जितेर गएको हुँ। मैले कति काम गरें र यहाँ चुनिएका स्थानीय मेयर अनि अहिले फेरि संसद हुन चुनावी मैदानमा आउनुभएका उहाँले कति काम गर्नुभयो? त्यो त तपाईंहरूले देखिसक्नुभएको छ’ उनले भने ‘तपाईंहरूले फेरि अर्को कुनै राजा चुन्ने कि आफ्नो चौकीदार? एकपटक विवेक प्रयोग गर्नुहोस् र मतदाता गर्नुहोस्।’ उम्मेदवार राईले अहिले पनि विपक्षीहरूले धार्मिक र सामाजिक सद्भाव भड्काउनका लागि अनेक षड्यन्त्रहरू रचिरहेको र त्यसलाई कुनै पनि सफल हुन नदिनका लागि हरेक कार्यकर्तालाई सचेत रहन पनि आग्रह गरे। मैले सुरूदेखि नै भनिरहेको छु धर्म, जात अनि सम्प्रदाय होइन विकासका लागि राजनीति गरौं। एकअर्कालाई आरोप लगाउने होइन जनताको सेवक बन्न प्रतिष्पर्धा गरौं’ उनले भने ‘तर अहिले जसरी अरूहरूले धर्मको नाममा भोट मागिरहेका छन्, हिँज उनीहरूले नै त्यही धर्मलाई मासेर धर्मनिरपेक्षको नाममा मतदान गरेका हुन्।’ त्यसक्रममा विभिन्न पार्टी परित्याग गरी करिब १ सय ५० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। उनीहरूलाई उम्मेदवार राईले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »