सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित

नेपालगञ्ज, बाँके क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी ४ हजार ७ सय ९३ मतको अन्तरले निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेता राठौरले २९ हजार ४० मत ल्याएका छन। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरे ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी(जसपा)का नोयन्द्र धितालले ४ हजार २ सय ८७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १ लाख १३ हजार ३ सय २२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७३ हजार ९ सय ८९ मत खसेको थियो, भने ५ हजार ७७ मत बदर भएको थियो । निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »