सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके जिल्ला नेपाल आइटिएफ तेक्वान्दोको अध्यक्षमा रञ्जित गिरी

नेपालगन्ज , बाँके जिल्ला नेपाल आइटिएफ तेक्वान्दो संघको अध्यक्षमा रञ्जित गिरि चुनिएका छन् ।

शनिबार सम्पन्न बाँके जिल्ला नेपाल आइटिएफ तेक्वान्दो संघको दोस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा गिरि संगै संघको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।

जसको उपाध्यक्षमा सुनिल रसाइली , सचीवमा कुमार थापा र कोषाध्यक्षमा सलमान राई चयन भएका छन् । त्यस्तै संघको नव निर्वा्चित सदस्यहरूमा नरेन्द्र बहादुर ओली, सृजना चौधरी ,किरण यादव , राजु चौधरी र राकेश मगर चयन भएका छन् ।

आज सम्पन्न अधिवेशनले प्रेम बहादुर भण्डारीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ जसको सदस्यमा शुभाष चन्द्र मिश्र र पशुपति नाथ योगि रहेका छन् ।

निर्वा्चित सम्पूर्ण पदाधिकारीहरु लाई आज नै बिरेन्द्र बहादुर शाहिले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »