सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके जिल्ला सुुटिंग संघमा मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपालगञ्ज ,बाँके जिल्ला सुुटिंग संघमा रमेश कुमार मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

नेपालगञ्जमा भएको नवौं साधारण सभाबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको हो ।

आगामी महिना काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन गरिएको हो ।

संघको उपाध्यक्षमा आशा थापा बिस्ट, सचिवमा बदरुद्दिन अंसारी, सह सचिवमा सुरेन्द्र सिंह सरदार र कोषाध्यक्षमा अरुण बिक्रम शाह रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा नरेन्द्र थापा, पप्पु मुसलमान, सुभाष सिंह श्रेष्ठ, पंचम गुरुंग, राजकुमार चन्द, दिपक मल्ल रहेका छन् ।

निबर्तमान अध्यक्ष रोहित टण्डन, ओलम्पियन पार्बती थापा र प्रशिक्षक राजेन्द्र सिंह सल्लाहकारमा चयन भएका छन् ।

निबर्तमान अध्यक्ष टण्डनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला खेलकुद विकास समिति बांँकेका अध्यक्ष आतंक बस्नेत रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »