सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ,मृतक १२ जनाकै सनाखत

नेपालगञ्ज । बाँकेको सवारी दुर्घटनामा परेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा भएको हाइस दुर्घटनामा परेका सबैको पीसीआर नतिजा नेगेटिभ आएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोरोना परीक्षणमा हाइसमा सवार ३३ जनाकै नजिता नेगेटिभ आएको जानकारी गराइएको हो ।

भारतका विभिन्न शहरबाट नेपाल फर्किएकाहरुलाई गन्तव्यतर्फ लैजाने क्रममा आइतबार राति १२ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलान रोकिराखेको ट्रकमा ठोक्किदा घट्नास्थलमै ११ का ज्यान गएको थियो ।

त्यस्तै, अर्का एक जनाको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । सोही दुर्घटनमा अन्य २१ जना घाइते भएका थिए । उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । घटनालगतै उपचारका लागि नेपालगञ्ज ल्याइएका मृतक र घाइते सबैको कोरोना परीक्षण गरिएको थियो ।

साथै सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । ज्यान गुमाउने अधिकांश रोल्पा र दाङका छन् । सशस्त्र प्रहरी बल स्रोतले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »