सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके प्रहरीलेदुई महिनापछि अपहरित किशोरीको सकुशल उद्दार

नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बाँकेले किशोरी अपहरणमा संलग्न २ जनालाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ ।

भारतको उत्तरप्रदेश राज्यको गौतम बुद्ध नगर थाना बदालपुर, दुजाना भन्ने स्थानमा बन्धक बनाई राखिएकी बर्दियाकी १७ बर्षिया किशोरीलाई उद्धार गरि ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमवहादुर रानाले जानकारी दिनुभयो ।

साउन २ गते घरमा किशोरी एक्लै भएको र घर परिवारकाका सदस्यहरु रोपाई गर्न खेतमा गएको मौका छोपी पीडित किशोरीलाई डरत्राष देखाई अपहरण गरि भारत पु¥याइएकोमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरि अपहरणमुक्त गराएको हो ।

प्रहरीले अपहरणमा संलग्न बर्दियाको बढैयाताल गाउँपालिका ७ का २१ बर्षिय मुकेश यादव र ५५ बर्षिय हरिराम अहिरलाई पक्राउ गरि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । घटनामा संलग्न बढैयाताल ७ कै ३५ बर्षिय अगलेश यादव फरार रहेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवाबाट दुईथान कटुवा पेस्तोल र ५ राउण्ड गोली सहित दुईजनालाई पक्राउ गरेको छ । मारिएको चित्तलसहित २ जनालाई पक्राउ गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »