सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोको समन्वयमा प्लानद्धारा कोहलपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


नेपालगन्ज, विश्वमहामारी घोषित कोरोना विरुद्धको अभियानलााई झन बलियो बनाएर अगाडी बढ्नका लागि बाँके युनेस्को क्लबको समन्वयमा प्लान इन्टरनेशनल नेपालले बाँकेको कोहलपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।


प्लान इन्टरनेशनलले प्रदान गरेका स्वास्थ्य सामाग्रीहरुलाई आइतवार बाँके युनेस्को क्लबका वित्तिय विभाग प्रमुख वेद प्रसाद पंगालीले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई हस्तान्तरण गर्नु भएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।


उहाँले कोहलपुर नगरपालिकामै गएर सामाग्री हस्तान्तरण गरिएको जनाउँदै सो सहयोग सानै भएपनि अहिलेको अवस्थामा निकै उपयोगी रहेको बताउनु भयो ।


स्वास्थ्य सामाग्री बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख रावतले अहिलेको अवस्थामा यस्ता स्वास्थ्य सामाग्रीहरु सबैभन्दा बढी महत्वपूर्ण रहेकोले सामाग्री उपलब्ध गराउन पहल गर्ने बाँके युनेस्को क्लब र सामाग्री प्रदान गर्ने प्लान इन्टरनेशनललाई धन्यवाद दिनुभयो । उहाँले कोरोना विरुद्धको लडाईमा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।


कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र देव भारतीको समेत उपस्थितिमा नगरपालिकालाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा ३० पिस एन ९५ मास्क, ५०० पिस सर्जिकल मास्क, ५०० मिलिलिटरको १५ वटा हैन्ड सेनिटाइजर, १०० मिलिलिटरको हैन्ड सेनिटाइजर ५ वटा र १०० वटा सर्जिकल ग्लोब्स रहेको बाँके युनेस्को क्लबका संरक्षक सिद्दिकीले बताउनु भयो । ती सबै सामाग्रीको मूल्य ४६ हजार ३३० रुपैयाँ परेको पनि क्लबले जनाएको छ ।


यसअघि बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विभिन्न स्थानीय तहहरुलाई करिब २ हजार मास्क वितरण गरेको थियो भने नरैनापुर गाउँपालिकाको क्यारेन्टाइनका लागि खाद्यान्न सहयोग गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »