सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोद्धारा आयआर्जनकालागि अति विपन्नलाई किराना र नास्ता पसल सहयोग

नेपालगन्ज, बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका चार जना अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र नास्ता पसल सञ्चालनमा सहयोग गरेको छ ।

सोही क्रममा क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायीक परियोजना अन्तर्गत नेपालगञ्ज ११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग गरिएको किराना पसलको आइतवार उदघाटन गरिएको छ । सो पसलको उदघाटन नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले संयुक्त रुपमा गर्नुभयो ।

सो अवसरमा नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य किरातले कतार च्यारेटीको सहयोगमा क्लबले अतिविपन्नलाई गरेको यो सहयोगले विपन्न परिवारको जिवनयापनमा ठुलो सहयोग पुग्ने बताउनुभयो । उहाँले किराना व्यवसायलाई राम्रोसंग गर्न सुझाव दिंदै यसबाट जिवन परिवर्तन हुने बताउनुभयो । सो अवसरमा बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।

सो पसल सञ्चालनका लागि क्लबले २ लाख १४ हजार रुपियाँको सहयोग गरेको छ । क्लबले कतार च्यारेटीको सहयोगमा नेपालगञ्जका तीन जना विपन्नलाई किराना पसल र एक जनालाई नास्ता पसलको लागि आर्थिक सहयोग गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले यस्ता कार्यक्रमले धेरैको आर्थिक अवस्थामा ठुलो परिवर्तन आएको बताउनुभयो । बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले बाँकेका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »