सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्को क्लबद्धारा नरैनापुर क्वारेन्टाइनलाई खाद्यान्न र मास्क सहयोग प्रदान


नेपालगन्ज, बाँकेको बिकट नरैनापुर गाउँपालिकाका क्वारेन्टाइनमा रहेकाहरुको सहज स्वास्थ्य परिक्षण, खान बस्न लगायतमा अनेकन समस्या देखीएको कुरा सार्वजनिक भएपछि सो क्वारेन्टाइनका लागि सहयोग जुट्न थालेको छ ।


सहयोगको अपिल गरिएकै दिन बुधवार केहीले सहयोग गर्ने घोषणा गरेका थिए भने बाँके युनेस्को क्लबले विहिबार नरैनापुर क्वारेन्टाइनका लागि खाद्यान्न लगायतको राहात सामाग्री र मास्क पठाएको छ ।


नरैनापुरका २ वटा क्वारेन्टाइनमा हाल एक सय ७० जना रहेको जानकारी आएपछि उनिहरुका लागि सहज होस भने खाद्यान्न लगायत मास्क पठाईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।


उहाँले विहीबार नरैनापुर क्वारेन्टाइनका लागि १५ किलोका ४० बोरा चामल, ३० किलो दालका ३ बोरा र २०० थान मास्क क्लबले नेपालगन्जबाट पठाएको जानकारी गराउनु भयो ।

बाँके युनेस्को कलबले गरेको सहयोगको हार्दिक स्वागत गर्दै नरैनापुर गाउँपालिकाले क्लबलाई धन्यवाद दिएको छ ।

सो गाउँपालिकाका प्रमुख ईश्तियाक अहमद शाहले बाँके युनेस्को क्लबले नरैनापुरका लागि धेरै पहिलेदेखि विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको बताउनु भयो ।


यसैविच नरैनापुर, ४ जयरामपुर बस्ने महेन्द्र माबि मटेहिया बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनैना मिश्राले २० जना बिपन्न परिवारलाई आफुले ब्यक्तिगत सहयोग गर्न घोषणा गर्नु भएको थियो ।

सोही प्रकारले नेराप्राबि जमुनहाका प्रधानाध्यापक सज्जाक खाँ, महेन्द्र माबि मटेहियाका लेखापाल शिव चरण यादव तथा गाउँपालिकाका लेखापाल प्रकाश अधिकारी समेत गरि ४ जनाले ब्यक्तिगत तरीकाले २०।२० जनालाई खाद्यान्न सामग्री सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।


भारतबाट नेपाल भित्रीएका र सम्भावित कोरोना संक्रमितकोे पहिचान र स्वास्थ्य उपचारका लागि नरैनापुर गाउँपालिकाले वडा न ४ खोदवा र वडा न ६ भोजपुरमा अस्थायी क्वारेन्टाईन स्थापना गरेको छ ।
क्वारेन्टाइनमा आवश्यक स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री, पीपीई, मास्क, सेनेटाइजर र राहत सामाग्री लगायतको समस्या रहेको छ । स्थानीय तहबीचको आवागमन समेत रोकीएपछि नेपालगञ्जबाट उपलव्ध हुँदै आएको सामाग्रीको झन समस्या देखीदै गएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »