सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्को क्लबद्धारा भारतबाट फर्किने नेपालीलाई जमुनाहामा खाना, पानी र मास्क वितरण गर्न शुरु


तीस हजार जनालाई वितरण गर्ने लक्ष्य
नेपालगन्ज, प्लान इनटरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले भारतबाट नेपाल आउनेहरुलाई आजदेखि जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण शुरु गरेको छ ।


भारतबाट स्वदेश फर्किने ३० हजार जनालाई सो खाना पाानी र मास्क वितरण गर्ने लक्ष्य राखेर वितरण कार्य शुरु गरिएको जानकारी बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले दिनुभयो ।

उहाँले भारतबाट फर्किनेहरु भोकै प्यासै र मास्क समेत नलगाएर फर्किने गरेकोले उनिहरुलाई सहज होस भनेर खाना, पानी र मास्क वितरण शुरु गरिएको बताउनु भयो ।


विहिबार विहान नेपाल भारत नाका जमुनाहामा सो वितरण कार्यको शुभारम्भ प्रदेशसभाका सभासद कृष्ण केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, नेपाली सेनाका कर्णेल नकुल थापा, बाँकेका प्रहरी प्रमुख एसपी विर बहादुर ओली र शसस्त्र प्रहरीका एसपी दिपक अधिकारी लगायतले भारतबाट आउनेहरुलाई खाना पानी र मास्क वितरण गरेर गर्नु भयो ।


सो अवसरमा प्रदेशसभाका सांसद केसीले भारतबाट आउनेहरुलाई मानवीय सहयोग गरेर निकै उत्कृष्ट काम गरिएको बताउँदै नेपाल फर्किनेहरुको राम्रो व्यवस्थापनबाटै कोरानोलाई पराजित गर्न सकिने बताउनु भयो ।
यस्तै सोही अवसरमा नेपाली सेनाका कर्णेल थापाले भारतबाट आउनेहरुका लागि जमुनाहा नाकामा गरिएको व्यवस्था बारे बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।


सोही प्रकारले प्लान इनटरनेसनल नेपालको नेपालगन्ज एरिया अफिसको एरिया म्यानेजर मिना पराजुलीले भारतबाट फर्किनेहरुको दुख र पिडालाई मनन् गरेर केही हदसम्म भएपनि राहात मिलोस भनेर यो वितरण शुरु गर्न आर्थिक सहयोग गरिएको बताउनु भयो ।


अहिले दैनिक सो नाकाबाट दुई हजारको हाराहारीमा नेपालीहरु प्रवेश गरिरहेका छन् । उनिहरुलाई नाकाबाटै सिधै गाडीमा हालेर सम्बन्धित जिल्ला र पालिकाहरुसम्म पुरयाउने व्यवस्थापन मिलाईएको छ ।


बाँकेका नागरिकलाई महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा राखिने गरिएको छ भने अन्यलाई सम्बन्धित जिल्लामा सोझै पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले बताउनु भयो ।


विहिबार दिउँसो सम्म ६ सय बढीलाई सो खाना, पानी र मास्क वितरण गरिसकिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो । विहानदेखि साँझ अबेरसम्म सो वितरण कार्य जारी राखिने पनि उहाँले जनाउनु भयो ।


सो अवसरमा शसस्त्र प्रहरीका डिएसपी नवराज बोहोरा, प्लान इनटरनेसनल नेपाल काठमाण्डौका लजिस्टिक म्यानेजर प्रशान्त उपाध्याय, प्लान इनटरनेसनल नेपाल नेपालगन्जका फाइनान्स म्यानेजर रमेश केसी, बाँके युनेस्को क्लबका निर्देशक रवि तुलाधर, जमुनाहा प्रहरी कार्यालयका प्रमुख माधव रिजाल, राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य ऋषि देवकोटा, क्लबका सल्लाहकार संयोजक निरज गौतम लगायत पत्रकार र अन्य सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।
अहिले वितरण भैरहेको वस्तुहरुमा भारतबाट आउने हरेकलाई एक प्याकेट तयारी खाना, दुई प्याकेट विस्कुट, एउटा स्याउ, एक बोतल पानी, एक थान मास्क र सानो गाडीमा एउटा पानीको जार र ठुलो गाडीमा दुई वटा पानीको जार रहेका छन् ।


यसअघि एकसातासम्म नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सहायक निर्देशक नितेष कनोडियाले आफ्नो जन्मदिनको अवसर पारेर भारतबाट आउनेहरुलाई तयारी नास्ता र पानी वितरण गर्नु भएको थियो भने अनेरास्ववियु र घरेलु महासंघले पनि नास्ता पानी वितरण गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »