सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्को क्लवमा रवी तुलाधरको नेतृत्व

नेपालगञ्ज, सामाजिक क्षेत्रमा क्रियाशिल बाँके युनेस्को क्लवको अध्यक्षमा रवी तुलाधर निर्वाचित हुनुभएको छ । क्लवको १० औं अधिवेशनले तुलाधरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, बुद्धेश जयसवाल सचिव, सचिव सोविया सिद्धिकी, कोषाध्यक्ष फिरदौस जहाँ खान रहनुभएको छ । यसैगरी सदस्यहरुमा साहिल अन्सारी, भावुकजंग थापा,फरमान अली सिद्धिकी,मिना भुसाल, जावेद सिद्धिकी, मिना चौधरी निर्वाचिन हुनुभएको छ ।

क्लवका प्रमुख संरक्षक प्रवेज अली सिद्धिकीका अनुसार अधिवेशनको बन्द सत्रले युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किरात र सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ । यसैगरी क्लवको कार्यकारी निर्देशकमा साजिद अली सिद्धिकी र सहनिर्देशकमा महेश नेपालीलाई नियुक्त गर्ने निर्णय अधिवेशनले गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »