सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युुनेस्को क्लबद्धारा एकल महिलालाई किराना र नास्ता पसलका लागि दुई लाख सहयोग


नेपालगन्ज, बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाकी एक जना एकल महिलालाई आयआर्जनका लागि किराना तथा नास्ता पसल सञ्चालन गर्न दुई लाख रुपियाँ सहयोग गरेको छ ।
कतार च्यारेटीको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयआर्जनका लागि व्यवसायीक परियोजना अन्तर्गत खजुरा गाउँपालिका ३ आदर्श टोलकी एकल महिला जुना खनाललाई दुई लाख रुपियाँको सहयोग गरेर किराना तथा नास्ता पसल खुलाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।


उहाँले एकल महिलाको आयआर्जनसंगै आर्थिक उन्नतीका लागि सो पसल सञ्चालन गराईएको बताउनु भयो ।


सो पसलको उदघाटन विहिबार खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम र क्लबका संरक्षक सिद्दिकी तथा अध्यक्ष राजेन्द्र चौधरीले संयुक्त रुपमा गर्नुभयो ।


सो अवसरमा बोल्दै वडा अध्यक्ष गौतमले आर्थिक रुपमा अतिनै समस्यामा परेकी खनाललाई क्लबले वडाको गरेको सहयोग निकै सराहनीय रहेको जनाउँदै यसबाट उनको परिवारको आर्थिक उन्नतीमा ठुलो टेवा पुग्ने बताउनु भयो ।


उहाँले आफ्नो वडामा सहयोग गरेकोमा कतार च्यारेटी र क्लब दुबैप्रति आभार व्यक्त गर्नुभयो ।
यसैगरि क्लबका अध्यक्ष चौधरीले खनाल जस्तै अतिनै आर्थिक समस्यामा परेकाहरुका लागि आयआर्जनका लागि व्यवसायीक परियोजना सञ्चालन गरिएको जनाउँदै सहयोगको सदुपयोग गरेर व्यवसाय बढाउँदै लैजान आग्रह गर्नुभयो ।


सोही प्रकारले बागेश्वरी बहुउदेश्यीय कृषि बजार सहकारी संस्था लिमिटेडकी अध्यक्ष कमला न्यौपानेले सहाराविहिन एकल महिलाको लागि गरिएको यो सहयोग अतिनै ठुलो र महत्वपूर्ण रहेको बताउनु भयो ।


सो अवसरमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, वित्त तथा प्रशासन प्रमुख वेद पंगाली र सदस्य फरमान अली सिद्दिकी लगायतको पनि उपस्थिति रहेको थियो ।


कतार च्यारेटीको सहयोगमा क्लबले बाँकेमा जिविकोपार्जनका लागि बाख्रा पालन, र जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरा पालन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »