सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवका अनुसार बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोन संक्रमितको संख्या ६०८ पुगेको छ यद्यपि थप ५ जनामा भएको संक्रमण स्वास्थ्य मन्त्रालयले पुस्टि गर्न बाकी छ।

भर्खरै

सम्बन्धित खबर

Language »