सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके ३ मा नेकपा एसका उम्मेदवार सिफारिस

नेपालगञ्ज, नेकपा एकीकृत समाजवादी बाँके क्षेत्र नम्बर ३ ले आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एसको सोमबार भएको को भेलाले बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेको सो पार्टीका नेता तथा प्रदेश ३(ख)का संयोजक ऋषि पोखरेलले जानकारी दिनुभयो । नेकपा एसले क्षेत्र नम्बर ३ प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ पुर्व राज्यमन्त्री समेत रहेका दलबहादुर सुनारको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ होमनाथ सापकोटाको नाम सिफारिस गरेको छ । सापकोटा यसअघि खजुरा गाउँपालिकाको अध्यक्षको उम्मेदवार समेत हुनुहुन्छ ।

त्यस्तै नेकपा एसले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (क) को लागी प्रत्यक्षतर्फ दिपक जिएम, भगवती शाह र लक्ष्मि सिंह ठकुरी र समानुपातिक तर्फ मन कुमारी चन्द, सन्तबिर सुनार, खड्क बहाफुर रजाली र मकवुल खाँको नाम सिफारिस गरिएको छ ।

यसैगरी नम्बर ३ प्रदेश सभा सदस्य (ख) प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष इन्द्र बहादुर थापा, लाल बहादुर खत्री, भद्र प्रसाद देवकोटा र रुपा रावल र समानुपातिक तर्फ मकवुल अहमद कुरेसी, सरुप कादु, गौरिलाल कामी, रज्जव अलि हलवाई र राम कुमार कादुको नाम सिफारिस गरिएको छ ।

बाँके क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभामा उम्मेदवार बन्न नेपाली काँग्रेस र नेकपा एमालेबीच आन्तरिक प्रतिष्पर्धा चलिरहँदा नेकपा एसले पुर्व राज्यमन्त्री तथा सो क्षेत्रका पुर्ब सांसद सुनारलाई अगाडी सारेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »