सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बांके क्षेत्र नम्बर ३ मा (जसपा) उम्मेदवारको प्रचार प्रसारमा तिव्रता

नेपालगन्ज, बांके प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजबादी पार्टी नेपालका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । जसपा तर्फबाट बांके क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा का उम्मेदवार नोयेन्द्र धिताल र प्रदेशसभा ३ (ख) का उम्मेदवार बिजय कुमार पाठक जानकी गाउँपालिकाका १ न. वडामा जोगागाउमा घरदैलो शुरु गरेका छन ।

मतदाता सँग प्रत्यक्ष भेटघाटका क्रममा प्रतिनिधीसभाका उम्मेदवार नोयेन्द्र धिताल ले जसपा का उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । यो निर्वाचन क्षेत्रको अपेक्षाकृत बिकास हुन नसकेको अवस्थामा अब युवाले परिर्वतनका लागी अगाडी आउनु पर्नेमा उम्मेदवार प्रदेशसभा ३ (ख) का उम्मेदवार बिजय कुमार पाठक ले जोड दिए ।

लोकतन्त्रको उपलब्धी रक्षाका लागी जसपाका उम्मेदवार जिताउन आवश्यक रहेको प्रदेशसभा ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार ग्यासुद्दिन खानले बताए । काँग्रेसले मधेसी जनताको हक र अधिकार माथी सधैं कुठाराघात गर्दै आएकाले अब सबै नेपालीको हित रक्षाका लागी आफुहरुलाई निर्वाचित गराउन उनले आम मतदाता सँग आग्रह गरे । जानकी गाउँपालिका जनता समाजबादी पार्टी नेपालका अध्यक्ष धर्मराज बर्मा लगायतको सहभागीता रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »