सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बागबजारबाट नक्कली प्रेसकार्ड बनाउने ३ पक्राउ

काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् ।

उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गरेको खुलेको छ ।

महाशाखाले प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२-१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेको छ ।

उनीहरुले अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »